Saturday 4 October 2014

पर्समा राख्न हुने र राख्न नहुने चिज

not to keep things in purse 2
अधिकाँश मानिसहरुसँग पर्स हुन्छ । पर्समा पैसा मात्र होइन अरु विभिन्न चिज राखिन्छ । तर बास्तुविदहरु बताउँछन् पर्समा सबै कुरा राख्न हुँदैन पर्समा कतिपय कुरा अशुभ मानिने उनीहरुको भनाइ छ । पर्समा पैसा राखिने हुँदा यहाँ राख्ने कुराको धेरै नै ध्यान पुर्‍याएर राख्नु पर्ने बताइन्छ । यहाँ पर्समा राख्न नहुने त्यस्तै चिजहरुको चर्चा गरिएको छ ।
बास्तु शास्त्रका अनुसार हामीसँग हुने कतिपय चिज सकारात्मक प्रभाव दिने हुन्छन् भने कतिपय चिज नकारात्मक प्रभाव दिने । यदि सकारात्मक उर्जा दिने चिज साथमा राख्यो भने जीवनमा पनि उर्जा प्रभाहित हुन्छ भने नकारात्मक ऊर्जा बढाउने चिज राखेमा त्यसको असर नकारात्मक नै पर्छ ।

पर्समा राख्न हुने राख्न नहुने चिज

पर्समा लक्ष्मी यन्त्र वा गौमती चक्र राख्नु राम्रो मानिन्छ । पर्समा राख्ने समयमा नोट पैसा र सिक्क पैसा जहिले पनि फरक फरक स्थानमा राख्नु उचित हुन्छ ।

  • पर्समा औषधी कहिल्यै पनि राख्नु हुँदैन ।
  • पर्समा सके सम्म पैसा बाहेक अन्य चिज नराखेकै राम्रो हुन्छ । खर्च सम्बन्धी बील वा पैसा तिर्नु पर्ने रसिद पनि पर्समा राख्नु अशुभ मानिन्छ ।
  • पैसा दिने विवरण वा रसिद अन्य कुनै स्थानमा राख्दा यस्को नकारात्क प्रभावबाट बँच्न सकिने बास्तुविदहरु बताउँछन् ।
  • पर्समा खानेकुरा पनि कहिल्यै राख्नु हुँदैन । कतिपय ब्यक्तिले खैनी सुर्ती वा चकलेट समेत पर्समै राख्ने गर्छन् । तर यस्ता कुरा पर्समा राख्नु अशुभ मानिन्छ ।
  • पर्समा देवी देवताको तस्विर भने राख्न सकिन्छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID