Wednesday 15 October 2014

अनुहारमा पच्चिस किलोको ट्युमर (फोटोफिचर सहित)

उनको अनुहार पग्लिएर लत्रिएजस्तो छ । हात्तीको सुँडजस्तो देखिने उनको अनुहार पग्लिएर त्यस्तो भएको होइन । त्यो उनको अनुहारमा भएको भिमकाय ट्युमर हो, जुन पहिले झण्डै २५ किलोको थियो ।
चीनका नागरिक हुआंग चुनकाइलाई इलिफेन्ट म्यान अफ चाइनाको नामले पनि चिनिन्छ । शिरदेखि नै पलाएर अनुहारबाट तलैसम्म लत्रिएको उनको ट्युमर आफैलाई धान्न गाह्रो छ र हिड्दा पनि समाएर हिड्नुपर्छ ।

यद्यपि धेरैपटकको शल्यक्रियापछि यो ट्युमरको आकार घटेर अहिले साढे ३ किलोमा झरेको छ । न्युरोफाइब्रोम्याटोसिस नामक रोगबाट पीडित हुआंगको त्यस्तो ट्युमर विश्वमै सबैभन्दा ठूलो अनुहारको ट्युमर हो । त्यो ट्युमरका कारण उनलाई खान, सुत्न तथा हिड्न पनि निकै मुस्किल छ ।
३७ वर्षका हुआंगको भिमकाय ट्युमरकै कारण स्नायुमा परेको दबाबले उनको उचाइ पनि निकै कम छ । उनी जम्मा ४ फिट अग्ला छन् ।
ट्युमरका कारण धेरै हैरानी व्यहोरेपछि उनले कुनैबेला आत्महत्याको प्रयास समेत गरेका थिए ।
अन्ततः चीन सरकारले उनको निशुल्क उपचार गरिदिने भयो । तर फुडा क्यान्सर अस्पतालका डाक्टरहरुले ट्युमर निकै ठूलो भएकाले एकैचोटीको सर्जरीबाट ट्युमर हटाउन नसकिने बताए । अन्ततः ७ वर्ष लगाएर विभिन्न ४ वटा अप्रेशन गरी उनको २१ किलो ट्युमर हटाइयो ।
अहिले उनको अनुहारमा अझैपनि ट्युमर भएपनि पहिलेभन्दा निकै कम छ । ट्युमरको साइज घटेकाले आफुलाई निकै सजिलो भएको र अब आफुले जिवन धान्ने रकम कमाउनका लागि पसल गर्ने सोँच बनाएको हुआंग बताउँछन् । उनकी आमा पनि निकै खुसी छिन् अहिले ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID