Thursday 25 September 2014

दिपिकाको ‘क्लिभेज’ पछि टाइम्स अफ इन्डियाले भन्यो ऐश्वर्याको ‘कुरुप खुट्टा’

Aishwarya Ray-legs
 (एजेन्सी) - अहिलेसम्म बलिउडकी हट–सेक्सी अभिनेत्री (दिपिका पादुकोण) र टाइम्स अफ इन्डियाको बिच भएको क्लिभेज विवाद शान्त नभइसकेको अवस्थामा टाइम्स अफ इन्डियाले फेरि एकपटक यस्तो आर्टिकल प्रकाशित गरेको छ जसले विवाद सिर्जना गर्नसक्छ । यस पटक टाइम्सको टारगेट दिपिका नभई पूर्व विश्वसुन्दरी र बलिउडकी निकै रुचाइएकी नायिका ऐश्वर्या राई हुन् । 
टाइम्सको अनलाइन पोर्टलमा एक आर्टिकल छापिएको छ जसको शीर्षक ‘हट बेब्स विथ अग्लि लेग्स’ जसमा ऐश्वर्या रायलगायत एन्जेलिना जोली, ब्रिटनी स्पेयर्सजस्ता निकै चर्चित सेलिब्रिटीहरु सामिल छन् । ऐश्वर्याको फोटोको मुनीपट्टी लेखिएको छ, ‘पूर्व विश्वसुन्दरीको खुट्टा यस्ता छन् जसलाई छोप्दा नै राम्रो हुन्छ ।’
अहिलेसम्म यो आर्टिकलमाथि बच्चन परिवारले केहि पनि टिका–टिप्पणी गरेको छैन तर मानिसहरुलाई पुरा विश्वास छ कि टाइम्सको यो एक्सनको रियाक्सन पक्कै हुनेछ किनभने बच्चन परिवार आफ्नो परिवारको कुनै पनि सदस्यको नराम्रो र फाल्तु प्रदर्शन सहन सक्दैन । विधिवत होस्, भर्खरै टाइम्सले
बलिउडकी चर्चित नायिका दिपिका पादुकोणको क्लिभेज भएको एउटा भिडियो अपलोड गर्दै ‘दिपिकाको क्लिभेज’ भनेर इंगित गरेको थियो । यस विषयमा दिपिका निकै रिसाएकी थिइन् र उनले ट्विटरमा लेखेकी थिइन्,‘ हो, म महिला हुँ र मेरो स्तन छ, तपाईंलाई समस्या ?’

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID