Wednesday 3 September 2014

अचम्मको संयोग श्रीमान श्रीमतीको एउटै चित्तामा दाहसंस्कार

आज भन्दा तीन महिना पहिले पर्वतको बाजुङ गाउँ विकास समितिमा श्रीमानको मृत्यु भएको १२ घण्टा नबित्दै श्रीमतीको पनि मृत्यु भएको थियो। बाजुङ गाविसको वडा नं १ न्याउले गाउँका ९३ वर्षीय भक्त बहादुर कुँवरको जेठ १२ गते बिहान मृत्यु भएको १२ घण्टा पछि ८५ वर्षीया श्रीमती धनसरी कुवँरको मृत्यु भएको थियो।
यो त भयो ३ महिनाको फरक मा श्रीमान श्रीमती को मृतु तर अचम्मको संयोग भन्नुपर्छ, पर्वत जिल्लाकै
बाजुङमा एक दम्पत्तिको मरण एकसाथ भएको छ। एउटै चित्तामा उनीहरूको दाहसंस्कार भएको छ। श्रीमानको मृत्यु भएको दुई घन्टापछि श्रीमतीको पनि मृत्यु भएको छ। पर्वतको बाजुङ गाउँ विकास समिति वडा नं ९ का ९१ वर्षीय वृद्ध रुद्रबहादुर विक र उनकी ८१ वर्षीया श्रीमती छलिदेवी विकको दुई घन्टाको बीचमा कालगतीले नै मृत्यु भएको हो।

श्रीमान रुद्रबहादुरको मंगलबार बिहान १०:३० बजेको समयमा मृत्यु भएको हो भने श्रीमती छलिदेवीको मृत्यु मध्यान्न १२:३० मा भएको हो। दुई घण्टाको फरकमा श्रीमान श्रीमतीको मृत्यु भएपछि आज मोदीबेणीघाटमा एउटै चित्तामा दुई जनाको दाहसंस्कार गरिएको स्थानियबासी भक्त कुवँरले जानकारी दिए। 'दुई घण्टाको फरकमा श्रीमान श्रीमतीको मृत्यु भएपछि एउटै चित्तामा दाहसंस्कार गरिएको छ' उनले भने 'कालगतिले एकै पटक मरण हुने दम्पती बिरलै भेटिन्छन्' ।

मृतक रुद्रबहादुर विक २०४४ सालमा जनपक्षीय वडा अध्यक्षको रुपमा बिजयी भएका थिए। उनी केही दिनदेखि सामान्य ज्वरोले थलिएका थिए। श्रीमानलाई ज्वरो आएपछि श्रीमती छलिसमेत श्रीमान्सँगसँगै मर्ने हो भन्दै चार दिन देखि खाना नखाई बसेकी थिइन। 'मेरो श्रीमानसँगै मर्ने इच्छा छ,उहाँको मृत्युपछि एक्लै बस्न सक्दिन भन्दै उनी खाना नै नखाइ बसेकी थिइन्, कुवँरले भने' उनको इच्छाअनुसार नै मृत्यु भयो।'
यसअघि 

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID