Saturday 6 September 2014

ज्ञानेन्द्रले ४ पूर्व प्रधानमन्त्रीलाई गोप्यरुपमा भेट, अब राजाबादी एकजुट हुने !!

काठमाडौं, पूर्वराजा ज्ञानेन्द्र शाह र पञ्चायतकालीन पृष्ठभूमिका ४ पूर्व प्रधानमन्त्रीहरुबीच शनिबार गोप्य भेटवार्ता भएको छ । बिहान ज्ञानेन्द्र निवास निर्मल निवासमा दिवाभोजसहित भएको सो भेटवार्तामा पूर्व प्रधानमन्त्रीहरु तुलसी गिरी, किर्तिनीधि विष्ट, लोकेन्द्र बहादुर चन्द र सुर्यबहादुर थापा सहभागी थिए । भेटमा समसामयिक राजनीतिक अवस्था, संविधान निर्माण, संवैधानिक राजतन्त्रको पुनःस्थापनालगायतका विषयमा छलफल भएको स्रोतले जनाएको छ । 
ज्ञानेन्द्र निकट विस्वस्त स्रोतका अनुसार बिहान ११ बजेदेखि झण्डै २ घण्टा भएको सो भेटवार्तामा ज्ञानेन्द्रले लामो समयदेखि मुलुक अनिर्णयको बन्दी बनेको भन्दै चिन्ता व्यक्त गरेका थिए । यस्तै भेटमा सनातन हिन्दु धर्म र संवैधानिक राजतन्त्रप्रति आस्था राख्नेहरुको भावनालाई समेट्न एकताबद्ध भएर अघि बढ्नुपर्ने विषयमा समेत छलफल भएको थियो । छलफलमा प्रमुख राजतीति दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीले आपसी खिचातानीमा मुलुकलाई अनिर्णयको बन्दी बनाएको आरोप लगाउँदै सम्पूर्ण राष्ट्रवादी शक्तिहरु एकजुट हुनुपर्नेमा समेत जोड दिइएको थियो । निकै गोप्य राखिएको सो भेटमा राजसंस्था र सनातन हिन्दु धर्मप्रति आस्था राख्नेहरुको भावनालाई कसरी समेटेर अघि बढ्ने भन्ने विषयमा समेत विचारविमर्श भएको स्रोत बताउँछ । 
राप्रपाका नेता सूर्य बहादुर थापा निकट एक नेताले भेटवार्ता भएको पुष्टि गर्दै भेटमा मुख्य गरी संविधान निर्माणमा भएको ढिलाई र राष्ट्रवादी शक्तिहरु कसरी अघि बढ्ने भन्ने विषयमा छलफल केन्द्रीत भएको बताए । नाम उल्लेख नगर्न आग्रह गर्दै ति नेताले भेटमा मुलुक संक्रमण कालमा फँसेकाले अब पूर्वराजाले खेल्ने भूमिकाबारे समेत छलफल भएको दाबी गरे । उनका अनुसार पछिल्लो विकसित राजनीतिक घटनाक्रमप्रति ज्ञानेन्द्र निकै चिन्तित भएको र राष्टवादी शक्तिहरु एकजुट भएर अघि बढ्नुपर्ने पक्षमा उनी रहेका छन् । पञ्चायतकालमा राजाका विश्वासपात्र हुँदै प्रधानमन्त्री बन्न बनेपनि विकसित राजनीतिक घटनामसँगै उनीहरुबीच भेटघाट र सम्बन्ध पातलिएको थियो । गणतन्त्र स्थापनासँगै राप्रपाका थापा र चन्दले गणतन्त्रलाई स्विकार गरेका थिए भने गिरी र विष्ट अहिले पनि कट्टर राजावादी मानिन्छन् । ज्ञानेन्द्रको शाही कालको मन्त्रिमण्डलको उपाध्यक्ष समेत बन्न सफल विष्ट र गिरी भने अहिले राजनीतिमा सक्रिय छैनन् । यता राजावादी पत्रकार बासु दाहालले लामोसमयपछि भएको भेटवार्ता महत्वपूर्ण भएको भन्दै भेटवार्तालाई राष्टवादी शक्तिहरुलाई गोलबद्ध गरिने थालनिको रुपमा लिन सकिने रातोपाटीलाई बताए । ज्ञानेन्द्रको शाही कालमा ‘घटना र विचार’ कार्यक्रमसमेत सञ्चालन गरेका उनले राष्टवादी शक्तिहरु एकजुट हुनुको विकल्प नभएको भन्दै यस्ता छलफल र संवादहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले भने–छलफल लाई स्वागतयोग्य र राष्ट्रवादी शक्तिलाई गोलबद्ध गर्ने थालनिको रुपमा लिन सकिन्छ । अभियानले निरन्तरता पाउनु पर्दछ । निकै लामो समयपछि भएको ज्ञानेन्द्र र ४ पूर्व प्रधानमन्त्रीहरु बीचको भेटवार्तालाई निकै महत्वका साथ हेरिएको छ 

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID