Wednesday 3 September 2014

भारतको भारखण्डस्थित एक गाउँमा १८ वर्षकी किशोरीको गराइयो कुकुर सँग बिहे (फोटोफिचर सहित)

मान्छेले मान्छेसँगै बिहे गर्छ । हिन्दु परम्परामा बेलसँग पनि बिहे गर्ने चलन छ । तर के मान्छेको विवाह कुकुरसँग भएको सुन्नुभएको छ ?
भारतको भारखण्डस्थित एक गाउँमा एक १८ वर्षीया किशोरीको विवाह कुकुरसँग भएको छ । मंगली मुण्डा नामकी ती किशोरीको एक परम्परागत समारोहबीच शेरु नामको भाले कुकुरसँग विहे गरिएको हो ।
उनको भाग्य खराब रहेको र सुरुमा कुनै पुरुषसँग बिहे गरेमा ग्रहदशाले निकै नराम्रो फल दिने भनेर एक गुरुले भविष्यवाणी गरेपछि उनले नै दिएको सल्लाह बमोजिम पूर्वी भारतको एक गाउँकी ती युवतीको कुकुरसँग बिहे गराइयो ।
Mangli Munda
कुकुरसँग बिहे भैरहँदा विवाह मण्डपमा बेहुली मंगली खुसी देखिन्नथिन् तर विचरो कुकुर भने मस्त थियो । उसलाई कारमा चढाएर विवाह मण्डपमा ल्याइएको थियो र केटी पक्षका मानिसले स्वागत समेत गरेका थिए फूलमाला लगाइदिएर ।
अहिलेसम्म स्कुल नगएकी निरक्षर मंगलीले आफुलाई कुकुरसँग बिहे गर्दा खुसी नलागेको भएपनि अब आफ्नो भाग्य बदलिने विश्वास व्यक्त गरेकी छिन् ।
‘गाउँका बुढापाकाकै सल्लाह अनुसार मैले कुकुरसँग बिहे गरेकी हुँ र मेरो खराब दशा अब कुकुरमा सर्नेछ’ उनले भनेकी छिन् ।
कुकुरसँग बिहे गरेपछि अब आफुले बिहे गर्ने मान्छेको लामो आयु हुने उनको विश्वास छ ।
Mangli-Munda
मंगलीका बुवा श्री अमुन्दा पनि यो कुरामा सहमत छन् । उनले आफ्नी छोरीका लागि सुहाउने भुस्याहा कुकुर शेरु खोजेर ल्याएका थिए । छोरीलाई खराब दशाबाट जोगाउने एकमात्र उपाय भनेको कुकुरसँग बिहे गर्नु रहेको उनको ठम्याइ छ । आफ्नी छोरीसँग बिहे गरेको त्यो ज्वाइँ कुकुरलाई अब मंगलीका बाउआमाले ज्वाइँलाई जस्तै गरी सम्मान र स्याहार गर्नेछन् । अबका केही महिनासम्म मंगली आफैले त्यो कुकुरको स्याहार गर्नुपर्नेछ, स्वामीका रुपमा ।

उक्त गाउँमा यसअघि पनि खराब दशा भएका किशोरीहरुको कुकुरसँग बिहे गरिदिएर ग्रहशान्ती गर्ने चलन रहेछ । कुकुरसँग बिहे गर्ने केटीहरुलाई झनै राम्रो मानिँदो रहेछ ।
मंगली भन्छिन्, ‘मैले एक दिन कुनै पुरुषसँग बिहे गर्नेछु । आफ्नो मन परेको राजकुमारसँग बिहे गर्ने सबै केटीहरुको सपना हुन्छ । त्यसैले मैले पनि मेरो राजकुमारलाई पर्खिरहेकी छु ।’

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID