Wednesday 3 September 2014

चीनमा पान्डाले झुक्यायो

बेइजिङ (बीबीसी/सीएनएन), भाद्र १३ - चीनको चेन्दङगु सहरस्थित एक चिडियाघरमा गर्भवती भएको अभिनय गरेर पोथी पान्डाले हेरचाहमा खटिएकालाई झुक्याएको छ। आफूतिर ध्यानाकषिर्त गराउन र भोजनमा अत्यधिक फल, भुक्केरोटी र बाँस पाउन उसले त्यस्तो स्वाङ पारेको रहेछ।

चिडियाघरमा ल्याएकी आई हिन नामकी पोथी पान्डाले भोक नलाग्ने बहाना गर्नुका साथै शरीरको आकार परिवर्तन भएको भान पारेको चेङडुस्थित पान्डा प्रजनन संशोधन केन्द्रले जनाएको छ। ६ वर्षे हिनको शरीरमा देखिएको फेरबदलका कारण जुलाईदेखि एयर कन्डिसनयुक्त भिन्नै कोठामा राखिएको थियो। उसले भोक नलाग्ने, अल्छीपना र प्रोजेस्टयासनल हर्मोनमा वृद्धि भएजस्तै संकेत दिएको थियो। वातावरण अनुकूल उक्त कोठामा २४ घन्टा उसको विशेष ख्याल राखिएको थियो।

उसले जीवनस्तरमा प्रगतिका लागि यत्रो नाटक गरेको रहेछ। उक्त पान्डाको प्रसवको प्रत्यक्ष प्रसारण गर्ने योजनासमेत चिडियाघरका कर्मचारीले बनाएका थिए। झन्डै दुई महिनापछि उसले सामान्य व्यवहार गर्न थालेपछि गरिएको छानबिनमा उसको नक्कले व्यवहारको पोल खुलेको थियो।  पान्डाको गर्भधारण गर्ने अवधि वर्षभरमा तीन दिनभन्दा बढी नहुने वैज्ञानिकहरू बताउँछन्। गर्भकालको अवधि ८० देखि २ सय दिनसम्म हुन्छ। यही कारणले गर्भवती भए/नभएको सुरुआती जाँच अनुमानमा निर्भर हुन्छ। वैज्ञानिकहरूले उसको व्यवहार र मनोविज्ञानलाई नजिकबाट नियाल्छन्। यो प्रायः अड्कलमा आधारित हुन्छ।

गर्भधारणको पुष्टि नै भए पनि शिशु पान्डाको जीवित रहने दर निकै कम हुन्छ। चीनको प्रजनन गृहमा जन्मेका पान्डाहरूमध्ये एक तिहाइदेखि आधाजति मात्र बाँच्ने गरेको तथ्यांक छ। चीनको दक्षिणी सहर ग्वानझाऊस्थित चिमेलोंग सफारी पार्कमा गत महिना एक पान्डाले तीनवटा स्वस्थ शिशुलाई जन्म दिएको आशालाग्दो खबर सार्वजनिक भएको थियो। अहिलेसम्म यो नै संसारको पहिलो जीवित तिम्ल्याहा शिशु पान्डाहरू हुन्। यसपछि स्कोटल्यान्डको इडिनवर्ग चिडियाखानामा सियान पान्डा पनि एक शिशुलाई जन्म दिने तयारीमा छ। वासिङ्टनस्थित स्मिथसोनियन इन्स्िटच्युसन्स नेसनल जुका अनुसार मध्य चीनको पर्वतीय जंगलमा बढीमा १ हजार ६ सय मात्र विशाल पान्डा जीवित छन्। उक्त संस्थाका अनुसार ३ सयभन्दा बढी पान्डा चिडियाखाना र विश्वभरका प्रजनन केन्द्रमा छन्। धेरैजसो चीनमै रहेको उसले भनेको छ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID