Thursday 28 August 2014

लडाकुले सिरियामा 'ठूलो संख्यामा सरकारी सेनाको हत्या' गरेको खुलासा

सिरियामा इस्लामिक स्टेट (आइएस)का लडाकुहरुले ठूलो संख्यामा सिरियाली सेनाको हत्या गरेको एक मानव अधिकारवादी संगठनले जनाएको छ । ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइटस्’ले आइएसले हामा प्रान्तको ताब्का एअर बेसमा धावा बोल्दा भाग्न खोज्ने सिरियाली सेनालाई पक्राउ गरी हत्या गरेको जनाएको हो ।

यसरी हत्या गरिएकाहरुको संख्या २ सय भन्दामाथि रहेको उक्त संस्थाको दाबी छ । हिजो मात्र आइएसले पोस्ट गरेको अनलाइन फोटो र भिडियोमा निर्वस्त्र सयभन्दा बढी मानिसलाई मार्नुअघि मरुभूमिमा लामबद्ध गरेर हिडाइएको देखाइएको थियो ।

सिरियन अब्जरभेटरीका अनुसार १४ सय सेना रहेको उक्त एअर वेसबाट ७ सय सेना भने भाग्न सफल भएका थिए । संयुक्त राष्ट्रसंघका अनुसन्धानकर्ताहरुले आइएस लडाकुले अझै अत्याचार गर्न कठोर बनेको र बालबालिकालाई लडाकुका रुपमा भर्ना गरेको जनाएका छन् ।

सिरियाली सेनाले पनि लडाकु विरुद्धको संघर्षको नाममा सर्वसाधरणमाथि अत्याचार गरेको बताइएको छ । सिरियामा पछिल्लो पाँच दिनयता भएको संघर्षमा १ सय ७० सरकारी सेना र ३ सय ४६ आइएस लडाकु मारिएका छन् । (एजेन्सी) 

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID