Saturday 30 August 2014

थाइल्याण्डकी राजकुमारी श्रीरास्मीको नग्न भिडियो सार्वजनिक

जेठ ११, बैङ्कक  – थाइल्याण्डमा सैनिकले ‘कू’ मार्फत् सत्ता आफ्नो हातमा लिइरहेको बेला त्यहाँ रहेका राजकुमार र राजकुमारीको विवादास्पद भिडियो सार्वजनिक भएको छ । राजधानी बैङ्ककमा रहेको शाही दरबारमा भएको एक पार्टीको दौरान खिचिएको उक्त भिडियोमा राजकुमारी श्रीरास्मीलाई अधंनग्न देखाइएको छ । उनले कम्मर मूनि मात्र भित्री वस्त्र लगाएका छन् । भिडियोमा राजकुमार मह पनि सँगै रहेका छन् । भिडियोको सुरुवातमा राजकुमारी र राजकुमार कुर्सीमा बसेर खाइरहेको देखाइएको छ । त्यसपछि राजकुमारी, जो पूर्व वेटरेस् पनि हुन्, उनी उठेर आफ्नो कुकुरलाई खाना खुवाउँछिन् । 

एउटा दृश्यमा राजकुमारीले कुकुरको खाना खाने भाँडोबाट खाना खाने प्रयास समेत गर्छिन् । त्यसपछि सबैले उक्त कुकुरलाई जन्म दिनको शुभकामना दिएको देखाइएको छ । यस भिडियो सार्वजनिक भएपछि राजकुमार मह राजा भूमिबोल अदुल्यादेजको उत्तराधिकारी बन्न कति सक्षम भन्ने कुरामा बहस शुरु भएको छ । ८६ वर्षिइ राजा केही समयदेखि बिरामी रहेका छन् र सैनिक शासन लागु भएपछि उनलाई सार्वजनिक रुपमा देखिएको छैन । 

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID