Saturday 30 August 2014

विश्वकै सबैभन्दा धेरै उन भएको भेडा यस्तो छ भिडिओ सहित हेर्नुहोस

 अस्ट्रेलियाको तास्मानियाको एक कृषक परिवारले यस्तो भेडा भेटेका छन् जुन विश्वकै सबैभन्दा धेरै उन भएको भेडा बन्न सक्छ । उनीहरुले उक्त भेडाको नाम शन राखेका छन् ।
शनको उन अहिलेसम्म एकपटक पनि काटिएको छैन । त्यही भएर
उसको शीरमा आधा मिटर बाक्लो उन जम्मा भइसकेको छ । तास्मानियाको पूर्वी तटमा रहेको एक कृषकको फार्मबाट भागेका शन विगत ६ वर्षदेखि फरार थिए ।
पिटर हेजल र उनका पत्नी नेट्टीले शनलाई गत आइतबार आफ्नो घर छेउ फेला पारेका थिए । शरीरभरि उनको पोकोले गर्दा उसलाई हिँड्न पनि गाह्रा भइरहेको दम्पत्ति बताउँछन् । उसको आँखालाई पनि उनले छोपेको हुँदा राम्ररी देख्दैन थियो । त्यही भएर मैले पछाडिबाट गएर समाए, पिटर भन्छन् । नेट्टीका अनुसार उनले एउटै भेडामा यति धेरै उन देखेको यो पहिलो पटक हो ।
यही हप्ता शनको शरीरबाट उन काटिने भएको छ । अब हेर्नुछ यसले विश्व रेकर्ड बनाउँछ कि बनाउँदैन ।
यसअघि सन् २००४ मा न्युजिल्याण्डमा स्रेक नामक भेडाले २७ किलोग्राम उन दिएको थियो ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID