Sunday 12 January 2014

बन्दैछन् सेक्सी सिनेमा नेपालमा with Special Report Video

आखिर जुन कुराको डर थियो –हाम्रो सिनेमा त्यही बाटोमा अघि बढ्न थालेको छ । समिक्षकले औंल्याएजस्तो ‘लुट’पछि उस्तै शैली र विन्यासका सिनेमा बन्ने खतरातर्फ हामी अघि बढिरहेका छौं । यसको अर्थ –यौन र हिंसाका कन्टेन्ट बेच्ने डरलाग्दो बाटो । जसलाई बेचेर ‘लुट’ र ‘चपली हाइट’ले आफूलाई व्लकबस्टर तुल्याए । यतिबेला उहि शैलीका एकदर्जन सिनेमा निर्माणको क्रममा छन् ।यादव सिलवाल एनि टाइम मस्तीको संक्षिप्त रुपको सिनेमा ‘एटीएम’ निर्देशन गर्दैछन् । यसको अर्थ हो, पैसा र सेक्सले उत्पादन गरेको हिंसात्मक मनोविज्ञान । यो सिनेमाको हिरोइनका लागि ‘चपली हाइट’ हिरोइन विनिता बराललाई एप्रोच गरिएको थियो, सम्भवतः उनले अस्वीकार गरेको हुनसक्छिन् । अर्को एक सिनेमा बन्दैछ ‘मेमोरी कार्ड’ । यौन भिडियोको विम्व बनेको मेमोरी कार्ड सेक्स कन्टेन्ट हो ।‘मिस यू’ निर्देशक सुरेशदर्पण पोखरेल एउटा वास्तविक घटनालाई लिएर ‘कल गर्ल’ निर्देशन गर्दैछन् । रिसर्च भैरहेको उनले बताए । अन्तराष्ट्रिय फिल्म फेस्टिभललाई लक्षित गरि निर्माण गर्न लागिएको उनले बताए । टाइटलले नै सेक्सको सामाजिक मनोविज्ञानलाई चित्रित गर्छ । अर्को एक सिनेमा ‘ब्ल्याक नाइट’ बन्दैछ । कालो रातमा हुने सेक्स र अपराध यसको कथानक हो ।पोर्न फिल्मको बात लागेको ‘द लास्ट किस’ यस्तै अर्को एक सिनेमा हो । बीबी फुयाँल निर्देशित सिनेमाको ट्रेलर र पोस्टरले सेक्स कन्टेन्ट बेच्न खोजेको छ । निर्देशक केपी पाठक सेक्स कन्टेन्टमै रहेर ‘रेड मार्केट’ बनाउँदैछन् । समिक्षकहरू नेपाली सिनेमाको मनोविज्ञान भीड र हिंसात्मक समाजले निर्देशित रहेको बताउँछन् । निर्देशक विजयविक्रम बस्नेतले सेक्समा आधारित सिनेमा बनाउँदैछन् । यी त प्रकाशमा आएका कुरा हुन्, अप्रकाशित नामहरूको सूचि लामो हुनसक्छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID