Wednesday 22 January 2014

जात फालेको भन्दै छोराविरुद्ध एक करोड हर्जना माग्दै मुद्दा

भारतको बिहारमा एक बाबुले आफ्ना छोराविरुद्ध मानहानीको मुद्दा हालेका छन् । छोराले ‘तल्लो जात’को युवतिसँग विवाह गरेको भन्दै बाबुले हालेको मुद्दामा सुनुवाइ सुरु भएको छ । सिद्धनाथ शर्मा पेशाले वकिल हुन् । उनले आफ्ना छोरा सुशान्त जासुविरुद्ध एक करोड रुपियाँको मानहानी मुद्दा दायर गरेका हुन् । उनले आफ्नो छोरालाई आफ्नो ‘सरनेम’ (थर) प्रयोग नगर्न भनेका छन् किनकी यसले उनको जातको इज्जत जाने छ । सुशान्त आयकर मामिलामा काम गर्छन र एक बैंक अधिकारीसँग विवाह गरेका छन् । पटनाको दानापुर अदालतका सुनुवाइका क्रममा सिद्धनाथले एक महिलाको प्रेममा परेर आफ्नो छोरोले गरेको विवाहको निर्णय गलत भएको दावी गरे ।
उनले भनेका छन्–जब कुनै व्यक्ति पूरा सुत्न सक्दैन । उ बेचैन हुन्छ र सही निर्णय लिन सक्दैन । जस्तो कि मेरो छोरो कसैको प्रेममा परेर बेचैन भयो र सही निर्णय लिन सकेन् ।’ अदालतमा सुशान्त पक्षका वकिल थिएनन् भने उनले यसबारे केही बोल्न मानेका छैनन् । बीबीसीसँगको कुराकानीमा उनले यो पारिवारिक मामिला भएको भन्दै यसबारे नबोल्ने बताए । सुशान्तले गत नोभेम्बरमा विवाह गरेका थिए । सिद्धनाथ भने छोराको व्यवहारले दुखी छन् । उनी भन्छन्–आफ्नो जातभन्दा बाहिरको युवतीसँग विवाह गरेर मेरो छोरोले मेरो प्रतिष्ठामा मात्र आँच पु¥याएको छैन । ४ सय वर्षदेखि चलिआएको हाम्रो खानदानको परम्परा पनि ध्वस्त पारेका छन् । उनले अब बाबुको नामको रुपमा मेरो नाम प्रयोग गर्नु हुँदैन ।’ ‘मानिसहरु प्रेम अन्धो हुन्छ तर, मायाले कसैको पहिलेदेखि चलिआएको प्रेम समाप्त गर्ने अनुमति दिँदैन । त्यो प्रेम जुन उसको हाम्रो परिवारका सदस्यहरुसँग थियो ।’ सिद्धनाथ भन्छन । यद्यपि सिद्धनाथकी पत्नी, तीन बहिनी र परिवार अन्य सदस्य सुशान्तको प्रेम विवाहमा सहभागी भएका थिए । परिवारका अन्य सदस्यले भावनात्मक दबावमा आएर यो विवाह स्वीकार गरेको उनको दावी छ । एक अर्को रोचक कुरा के छ भने बिहार सरकारले अन्तरजातिय विवाहलाई बढवा दिन ५० हजार प्रोत्साहन रकम दिने घोषणा गरेको छ । 

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID