Thursday 23 January 2014

चरम सुख कसरी थाहा पाउने ?

कतिपय व्यक्तिले पुरुषले मात्र यौन चरम सुख प्राप्त गर्ने गर्छन् भन्ने ठान्छन् तर महिलाले पनि पुरुषले जस्तै यौन चरम सुख पाउँछन् । मानव यौनप्रतिक्रिया चक्र (Sexual Response Cycle) का चारवटा चरणहरु हुन्छन् । ती हुन्- एक्साइटमेन्ट फेज (Excitement Phase), प्लाटो फेज (Plateau Phase), अर्गाजम फेज (Orgasm Phase) र रिजोलुसन फेज (Resolution Phase)। समग्रमा उस्तै नै हुने भए पनि पुरुष तथा महिलाको यौनप्रतिक्रियाचक्रमा केही फरक भने हुन्छ ।

पहिलो एक्साइटमेन्ट फेज -उत्तेजनाको चरण) लाई निरन्तरता दिएमा व्यक्ति दोस्रो चरण -प्लाटो फेज) मा पुग्छ । यो चरणमा यौनउत्तेजनाको मात्रा अझै बढ्छ । यो कसैमा थोरै बेरको हुन्छ भने कसैमा अलि लामै पनि हुन सक्छ । महिलाहरूमा योनिद्वार अझै खुल्ने तथा यसवरिपरिको भाग फुलेर आउने अर्थात् ठूलो भएर आउने हुन्छ । योनिद्वारवरिपरिको भाग यसरी बढ्ने भएकोले भगांकुर अलि भित्र दबेको जस्तो देखिन्छ । स्तनपान नगराएका महिलामा स्तनको आकार बढेको तुलनात्मकरुपमा स्पष्ट देखिन्छ । आधाभन्दा बढीजसो महिलामा अनुहार र शरीरको छाला रातो (Sex Flush) हुन्छ । पुरुषले जस्तै यस चरणमा महिलाले पनि आन्तरिक न्यानोपन तथा दबाबको महसुस गर्छन् । मांसपेशीहरुमा तनाव पैदा हुन्छ, मुटु तथा श्वास-प्रश्वासको गति एकदम तीव्र हुन्छ तथा रक्तचाप बढ्छ ।

प्लेटो फेजमा भएको यौन स्टिमुलेसन (Stimulation) निरन्तररुपमा भएमा चरम सुखको चरण -अर्गाजम फेज) मा पुगिन्छ । यो चरणमा बढ्दै गएको यौनतनावको उन्मोचन (discharge) हुन्छ । यसको अवधि निकै छोटो हुने भए पनि मानव यौनजीवनमा यस चरणको विशेष महत्त्व छ । यस चरणमा मांसपेशीहरुमा निकै तनाव आउँछ र खुम्चिने तथा खुल्ने हुन्छ । श्वास-प्रश्वासको गति तथा मुटुको गति बढेर दोब्बर हुन्छ र रक्तचाप निकै बढ्छ ।

महिलाहरुमा पाठेघर तथा योनिको बाहिरी भाग एवम् शरीरको तल्लो भागका मांसपेशीहरु खुम्चने तथा फुक्ने हुन्छन् । पूर्ण चरम सुख पाउँदा यस्तो मांसपेशी खुम्चने, फुक्ने क्रम १० देखि १५ पटकसम्म हुन्छ । यस बेला जुन सुखानुभूति हुन्छ हामी त्यसलाई चरम सुख वा चरम -स्वर्गीय) आनन्द भन्छौं । यसपछि पुनः सबै कुरा सामान्य अवस्थामा आउने क्रम सुरु हुन्छ, जसलाई हामी रिजोलुसन फेज (Resolution Phase) भन्छौं ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID