Tuesday 14 January 2014

नांगिने हिरोइनसँग मन छ,,माग्ने बुढा

 http://meroknowledge.blogspot.com/
गाइजात्राले बजार तातेको छ । त्यो भन्दा धेरै कलाकार तातेका छन् । नाम चलेका कलाकारलाई सधै दशैतिहार छ । किन की पैसाको खाँचो छैन देशविदेशका कार्यक्रममा डुलिरहन्छन् । नेपाली हास्यक्षेत्रका चर्चित पात्र हुन केदार घिमिरे ‘माग्ने बुढा’ । अहिले गाइजात्रा, मेरी बास्सै, र देश विदेशको कार्यक्रममा हिड्दा फुर्सद नपाएका माग्ने बुढासँग नेपाली हेडलाइनले व्यङ्ग्यात्मक पाँच प्रश्न सोधेको छ ।

माग्ने बुढो प्रधानमन्त्री भए के गथ्र्यो ?

–राजिनामा दिन्थे । किन की प्रधानमन्त्री भएको भोलीदेखि नै राजिनामा माग्न सुरु गर्छन मैले नमाग्दै दिन्थे

संविधानसभाको चुनाव भएर संविधान बन्छ होला ?

–यो चोटी त ग्यारेन्टी बन्छ । किन भनेदेखि पहिले चैतमा चुनाव गरेर गल्ती गरे चैतको खडेरीमा धान फल्ने बेला हैन । तर अहिले भने धान फल्ने बेला नै संविधानसभाको चुनाव राखेका छन् त्यसैले संविधान नफले पनि धान त पक्का ।

माग्ने बुढालाई नेपालका कुन नायिकासँग डेटिङ्ग जान मन छ ?

– अव जो धेरै नांगिन सक्छ त्यसैसँग जान्छु । देश पनि नांगिएको छ , सिनेमामा हिरोइन पनि नांगिएका छन्, म थाङ्ने पनि उस्तै छु । त्यसैले नांगिने हिराइनसँगै जाँदा ठीक होला ।

प्रधानमन्त्रीले बोलाएर माग्ने बुढालाई सुनको दाँत हाल्दिन्छु भने के गर्नु हुन्छ ?

–मलाई पर्दैन । मलाई यही फुत्केकै दाँत ठीक छ । बरु तीज आउन लागेको छ आफनै बुढीलाई गहना बनाइदेउ भन्छु ।

प्याज र डलरमा कुन मनपर्छ ?

–डलर मन पर्छ । प्याज त गन्हाउँछ । अझ भाउ बढेदेखि मलाई धेरै पर देखि नै गन्हाउन थालेको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID