Sunday 26 January 2014

दुवै हातका औंला छैनन्, तर बनाउँछिन यिनले यति सुन्दर गहना

अनेट ग्याब्डीले अहिलेसम्म हजारौं गहना बनाएकी छिन् । उनले बनाएका रिङ, इयररिङदेखि ब्रासलेट मात्र होइन हिराका हारसमेत धेरैल मन पराउँछन् ।
एक कुलश कालिगढले गहना बनाउनु कुनै नौलो कुरा पनि होइन । तर, अनेटको हकमा भने यस्तो गहना बनाउनु निकै साहसीक काम हो ।
कारण, ४८ वर्षकी अनेटको दुबै हातका औलाहरु छैनन् । उनी कुनै विशेष औजारको प्रयोगबिनै सुन्दर र जटिल डिजाइनयुक्त गहना तयार पार्छिन् । लण्डन हाटेन गार्डनमा गहना बनाउन सकेकी अनेट भन्छिन–‘म अपाङ हैन, आम मानिस नै हुँ ।’

आफुले गहना बनाएको देखेर मानिसहरु छक्क पर्ने गरेको भन्दै त्यसले आफुलाई आनन्द र उत्साह दिलाउने बताइन् ।
औला नभएको अवस्थामा पनि कसरी गहना बनाएको भनेर सोध्ने गरेको भन्दै उनले भनेकी छिन्–मेरो जवाफ हुनेछ, तपाई कसरी आफ्नो औलाहरु व्यवस्थापन गर्नुहुन्छ ? किनकी उनीहरुले नै आफ्नो बाटो पत्ता लगाउने छन् ।’

आफूलाई यहाँसम्म आउन परिवारले हौसला दिएको उनले बताइन् । तालिम लिनुअघि उनले स्कुल र कजेलमा पनि गहना बनाउनेबारे अध्ययन गरेकी थिइन् । बेलायती अनलाइन डेलीमेलका आनुसार उनले बनाएको गहना २५ हजार पाउन्डसम्ममा विक्री भएका छन् ।


No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID