Thursday 23 January 2014

आफ्नो आफ्नो पार्टनरको यौन रुचि कम छ भने ...

"श्रीमानमा म संग यौन सम्बन्ध राख्न रुचि छैन"  श्रीमतीको मनमा बस्ने यस्तो विचारले उसको आत्मविश्वासलाई पूर्ण रुपमा प्रभावित गर्छ। यो कुराले श्रीमान्को मनमा उनीप्रति प्रेम रहेन भन्ने भावना सिर्जना गर्छ। यो शंकाले कतै उनको श्रीमानको जीवनमा अर्की महिला त छैनन् भन्ने भाव समेत उब्जाउन सक्छ। समझदार श्रीमातीले श्रीमानको यौन प्रति कम भएको रुचिलाई कलहको कारण बनाउने वा आफूलाई दोषी मानेर कुनै प्रकारको अपराधबोधको शिकार हुनुचाहि बेकार हो। यो कुरालाई लिएर रुनु पनि ठीक होइन। यो समस्याको मूल कारणसम्म पुग्न श्रीमान श्रीमती दुवैले आपसमा खुलेर कुरा गर्नु आवश्यक हुन्छ।

श्रीमान को यौनप्रति कम भएको रुचिको कुनै मेडिकल कारण पनि हुन सक्छ। अतः उनको चेकअप गर्न चिकित्सकको सहारा लिनुपर्छ तर यो कुरामा पुरुषहरू चाडै तयार हुन्छन् भन्ने छैन। यद्यपि चेकअप गर्नु आवश्यक छ। मधुमेह जस्ता केही बिरामीका कारण पुरुषको कामशक्तिको ऊर्जामा कमी आउन सक्छ। बढ्दो उमेरका साथ टेस्टोस्टेरोन हार्मोनको कमी पनि यौनसम्बन्धी अरुचिको कारण हुन सक्छ।
श्रीमान यदि बाहिरी संसार सित जोडिएका समस्याबाट सिर्जना भएको तनावलाई आफ्नो सेक्स ड्राइभ हुनुको कारण बताउ छन् भने श्रीमतीले उक्त तनाव कम गर्न बहुमूल्य योगदान गर्न सक्छिन्। श्रीमतीले यौनसुख दिने मामिलामा पहल गरेर श्रीमान लाई विश्वास दिलाउन सकिन्छ कि आनन्ददायक यौन समागम बाहिरी तनाव कम गर्ने राम्रो उपाय हो।

श्रीमान को नकारात्मक व्यवहार, रुखो बोलीवचन आदिले श्रीमतीलाई श्रीमान् आफूसित रिसाएका छन् भन्ने अनुभव गराउन सक्छ। कुनै पनि कुराका कारण दुवैबीच चल्ने बहस, विवाद, कलह, झगडा, विमती आदि मनमा चोट पुर्याउने कारण हुन सक्छ। यस्तो स्थितिमा मनमा चोट पुर्याउने कुरालाई लम्ब्याउनु भन्दा त्यसलाई रोक्ने प्रयास गर्नुपर्छ। श्रीमान को मनमा रहेको तिक्तता र रिसलाई कम गर्न बिना संकोच आफूबाट भएका गल्ती स्वीकार गरी माफी माग्नुपर्छ। यसबाट श्रीमान को मनमा प्रेम र आकर्षण पुनः सिर्जना हुन्छ।

श्रीमतीको घट्दो आकर्षणका कारण पनि श्रीमान लाई यौनप्रति अरुचि सिर्जना हुन सक्छ वा श्रीमान लाई श्रीमतीको बढ्दो मोटोपनका कारण बिग्रन पुगेको फिगरप्रति गुनासो हुनसक्छ। यसबाट पनि दम्पतीबीच सेक्स कम हुने सम्भावना रहन्छ। अतः आफ्नो रूप सौन्दर्यलाई कायम राख्न श्रीमतीले आफ्नो फिगरप्रति सजग रहनुपर्छ। सबैभन्दा उत्तम त दुवैले स्वस्थ जीवनशैली अपनाएर फिट रहनुपर्छ। नियमित व्यायाम गर्नु, तैलीय खाना कम खानु एवं सन्तुलित भोजन लिनु लाभदायक सिद्ध हुन्छ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID