Thursday 10 October 2013

वैधानिक र अवैधानिक यौन-जीवन

 यौनसम्बन्धलाई दुई भागमा विभाजन गर्न सकिन्छ । एउटा वैधानिक र अर्को अवैधानिक । विवाहपछि गरिने सेक्स वैधानिक हो भने विवाहअघि लुकिछिपी गरिने सेक्स अवैधानिक । नयाँ पुस्ताका किशोर/किशोरी तथा युवा/युवती विवाहअघि नै सेक्स गर्न हौसिन्छन् । तर, समाजलाई यो स्वीकार्य छैन । सेक्सको आवश्यकता पूर्ति गर्न केटाहरू वेश्यालय धाउँछन् र सुरु हुन्छ एउटा अवैधानिक सेक्सको अध्याय । विवाहअघि गरिने अवैधानिक सेक्सलाई नेपाली समाजमा गम्भीर दुर्घटनाका रूपमा लिइए पनि पश्चिमा समाजले त्यसलाई सामान्य र वैधानिक रूपमा लिने गरेको छ । हामी अचेल त्यही पश्चिमा प्रवृत्तिलाई पछ्याउँदै छौँ । र, समाज दिनानुदिन त्यतापट्ट िढल्किरहेको छ । हाम्रोमा देखिएको एउटा भयानक विकृति लागूपदार्थ सेवन हो । र, किशोरावस्थामा हुने यो गम्भीर र ठूलो दुर्घटना हो । लागूपदार्थ सेवन गर्ने बानी परेकाहरू सधैँ पैसाको खोजीमा रहन्छन् । उनीहरू पैसाका लागि यौनधन्दामा लागेका पनि छन् । यो समस्या युवतीहरूमा बढी देखिएको छ । अभिभावकले नित्य पैसा नदिने भएपछि लागूपदार्थको लत लागेका युवतीहरू त्यो छाड्न सक्दैनन् र यौनधन्दामा लाग्न पुग्छन् । पछि यो धन्दा उनीहरूको पेसा बन्न पुग्छ । र, यसरी एउटा यौनकर्मीको जन्म हुन्छ । यस्ताका लागि लागूपदार्थ सेवनजस्तै यौनसम्बन्ध पनि नियमित हुन जान्छ । र, उसको समाजलाई हेर्ने दृष्टिकोण नै बदलिन्छ । सानैदेखि अभिभावकको राम्रो छहारीमा हुर्केकाहरू खुला यौनपेसामा लागेका प्रायः भेटिँदैनन् । हाम्रोमा अविकसित र अशिक्षित परिवारबाटै बढी यौनपेसामा लागेका भेटिएका छन् । अभिभावकले राम्रो पालनपोषण गरेर उनीहरूको दैनिक जीवनको निगरानी गरे यौनकर्मीहरू कम जन्मिन्थे । अभिभावकले आफ्ना छोराछोरी कहाँ जान्छन् ? के गर्छन् ? भन्ने राम्रो निगरानी गरेमा उनीहरूलाई त्यस्तो काम गर्न डर लाग्थ्यो र उनीहरू यौनकार्यमा लाग्न हच्किन्थे ।बाबुआमाले आफ्ना हुर्केका छोराछोरीसँगै बसेर रमाइलो गर्ने र खुलेर कुरा गर्ने गर्नुपर्छ । सधैँ बाबुआमा झगडा गर्ने घरमा पनि छोराछोरीलाई डिप्रेसन हुन्छ र उनीहरूको मन अन्तै भौंतारिन सक्छ । सहर एउटा कोलाज हो । यहाँ कसलाई कसको मतलब ? कसको फुर्सद छ र अरूका बारेमा सोच्ने ? बाबुआमालाई समेत आफ्ना छोराछोरीका बारेमा सोच्ने फुर्सद हुन छाडिसक्यो । छोराछोरीलाई स्वतन्त्र र स्वच्छन्द छाडिदिन्छन् बाबुआमा । र, त्यही समय हो उनीहरू बिग्रने । आफ्नो कामेच्छा पूर्ति गर्ने सरल उपायका रूपमा उनीहरू आफ्ना यौनसाथी खोज्न थाल्छन् । उमेर पुगेकाहरूलाई यौनसम्पर्क अनिवार्य र नभई नहुने कुरा हो । यो प्राकृतिक देन हो । खाना र पानीजस्तै यो पनि आवश्यक तत्त्व हो । व्यवस्थित यौनसम्पर्क गरे त हुने हो, तर यहाँ वेश्यालय धाउने पुस्ता बढेको छ । यौनपेसा अरू पेसाजस्तै सामान्य बन्दै गएको छ । चुरोट उडाएर, बियर पिएर आपmनो शरीरको मोलतोल गर्नु यहाँ अब सामान्य संस्कृति बनेको छ । डान्सबार धाउनु, केटाकेटीहरू मिलेर घन्टौँ नाच्नु, अनि उत्तेजित भएर एक-अर्कामा समाहित हुनु अब सामान्य कुरा भइसके । सामाजिक सम्बन्ध खुकुलो भएपछि मान्छेहरू डिप्रेसनतिर पुग्छन् र अन्ततः रोज्छ यौनपेसा । सुरु-सुरुमा ख्यालख्यालैमा रमाइलोका लागि यौन रोज्नेहरूलाई पनि त्यहाँको पैसाले तान्ने रहेछ र पछि त्यसैमा जीवन समर्पित गर्न तयार हुन्छन् । द्वन्द्वले पनि समाजमा मान्छेलाई यौनसम्बन्धतिर लैजानेरहेछ ।घरबाट विद्रोह गरेर जंगल पसेका केटाकेटी सँगै हुन्छन् । र, विपरीतलिंगीहरू एकअर्कामा आकषिर्त हुन्छन् । र, त्यहाँ फेरि यौन जन्मन्छ । द्वन्द्वमा परेकाहरू, द्वन्द्वका कारण विस्थापित भएका र घरबास उठेकाहरूलाई हातमुख जोड्न समस्या पर्छ र उनीहरू पनि यौनपेसामा लाग्न सक्छन् । उनीहरूका लागि हातमुख जोड्ने बाटो बन्छ यो पेसा । तर, बाध्यताले यौनपेसा अँगाल्ने धेरै छन् । गार्मेन्ट र गलैँचा कारखानामा काम गर्नेहरूलाई त्यहाँका केटाहरूले सामान्य कुरामा जिस्क्याउने र चिमोट्ने गर्छन् । र, उत्तेजित भएका युवतीहरू यौनमा आकषिर्त हुन्छन् । प्राचीनकालमा मन्दिरका टुँडालमा कुँदिएका यौन-आसनका आकृतिलाई मान्छेहरू धेरैबेरसम्म हेरिरहन्छन् । अनि अनुभूत पनि गर्छन् । त्यसले पनि मान्छेलाई यौनमा प्रेरित गर्छ । यौनशिक्षा दिन भनेर त्यसवेलाका कलाकारले ती कलाकृति रचेका हुन् । राम्रो दृष्टिकोणले हेर्ने हो भने ती पनि राम्रा र शिक्षा दिनेखालका लाग्छन्

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID