Wednesday 23 October 2013

यीमध्ये कुन चाँही जनावर राम्रो ?? (फोटोसहित)

 सबै जनावरहरू हामीलाई मन पर्दैनन् । कारण उनीहरुको डरलाग्दो बानी, नराम्रो रूप, हिंस्रक बानी तथा अन्य केही कारणले हामीलाई सबै जनावरको सामुन्ने पर्न हामीलाई निकै गाह्रो लाग्ने गर्छ । सकेसम्म हामी आफुलाई मन नपर्ने जनावरको नजिक पर्न चाहँदैनौ र ती जनावरका बारेमा हामी कुनै जानकारी पनि लिँदैनौ ।

यस कारण केही जनावरहरू यस्ता पनि छन् जो देख्दा निकै नराम्रा छन् तर, ती संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेका छन् र कसैले नचिन्ने अवस्थामा पनि पुगेका छन् । त्यस्ता जनावरहरूको संरक्षण गर्न एउटा संस्था लागिपरेको छ, संस्थाको नाम हो एनिमल प्रिजर्भेसन सोसाइटी । यो संस्थाले हामीलाई देख्दै घिन लाग्ने, डरलाग्ने तथा अन्य हामीले सकेसम्म देख्न नचाहने जनावरहरुको संरक्षण गर्ने गर्छ ।

न्युकासलमा आगामी १२ सेप्टेम्बरमा हुने ब्रिटिस साइन्सेज फेस्टिबलमा हामीलाई हेर्दा समेत घिनलाग्ने तथा डरलाग्ने जनावरहरूको प्रतियोगीता राखिएको छ । यसमा त्यहाँ उपस्थित हुने मानिसहरुले भोट गर्न पाउँछन् । यसमा भोट गर्दा सबैभन्दा बढी भोट पाउने जनावरलाई सबैभन्दा नराम्रो जनावरको उपाधी प्रदान गरिनेछ ।

हामीले प्रत्यक्ष रूपमा उक्त प्रतियोगितामा भाग त लिन पाउँदैनौ तर केहि जनावरको तस्विर भने अवस्य हेर्न पाइन्छ । हेरौ केहि जनावरहरूको तस्विर…

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID