Sunday 27 October 2013

नांगिएको जोसमा चोपडाले मागिन् ‘भारत रत्न’

चर्चित पत्रिका प्लेब्वायका लागि नांगो पोज दिएकी भारतीय अभिनेत्री शर्लिन चोपडाले भारतको सबैभन्दा ठूलो राष्ट्रिय पुरस्कार भारत रत्नमा दाबी प्रस्तुत गरेकी छिन् । प्लेब्वायमा नांगिने पहिलो भारतीय महिला बनेकोमा गर्व गर्दै शर्लिनले आफ्नो उक्त साहसिक कामका लागि सरकारले भारत रत्न दिनुपर्ने बताइन्।

पत्रिकाका लागि नांगिनु आफ्नो सबैभन्दा ठूलो देशसेवा भएको भन्दै उनले भारत रत्नमा दाबी प्रस्तुत गरेकी हुन् । हालै आफ्नो टि्वटर मार्फत उनले आफ्नो चाहना प्रस्तुत गर्दै उनले भनेकी छिन्, ‘मलाई देशको सर्वोच्च नागरिक सम्मान भारत रत्न दिनुपर्छ किनकी मैले देशको सबैभन्दा ठूलो सेवाको काम गरेकी छु ।’

शर्लिनले प्लेब्वायका लागि भनेर खिचाएका केही नग्न तस्वीरहरु उनी आफैले सार्वजनिक गरेपनि प्लेब्वायमा उनका नांगा पोज देख्न अझै केही महिना पर्खिनुपर्नेछ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID