Tuesday 22 October 2013

मुखको छानाबाट दाँत पलाएपछि…..

मुखको छानाबाट दाँत पलाएपछि…..

दाँत त गिँजाबाट पो पलाउँछ । तर कहिलेकाहीँ गिँजाबाट मात्र होइन मुखको छाना अर्थात् तालुबाट समेत दाँत पलाउँदो रहेछ । सोसल साइट रेडिटमा अहिले तालुबाट दाँत पलाएको मान्छेको तस्वीरले हंगामा नै मच्चाएको छ ।

एलफास्की नामको प्रयोगकर्ताले आफ्नो साथीको दाइ भन्दै तालुबाट दाँत पलाएको तस्वीर इन्टरनेटमा अपलोड गरेका हुन् । उनले तस्वीरसँगै लेखेका छन,’मेरो साथीको दाइको दाँत मुखको छानोको बीचमा छ । तर उसले त्यसलाई सामान्य मान्छ ।’

त्यो आश्चर्यजनक तस्वीरको बारेमा झण्डै १५ सय प्रतिक्रिया आएका छन् । तालुबाट यसरी दाँत पलाउने निकै दुर्लभ घटना हो । यसलाई रग न्यासर्स भनिन्छ र यसलाई शल्यक्रियाबाट हटाउनुपर्छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID