Tuesday 29 October 2013

ब्रा खोल्नुस प्लिज (फोटोफिचर)

ब्रा महिलाको अन्तःवस्त्र हो यो सर्वविदितै छ । तर, कसैले ब्रा संकलन गरिरहेको छ यो भने आश्चर्यको कुरा हो । कसैले यही महिलाको अन्तःवस्त्र संकलन गरिरहेको छ भन्ने सुन्दा अनौठो लाग्नु स्वभाविकै हो ।
यसरी महिलाको ब्रा संकलन गरेर पछि पसल खोल्ने हो त ? या मानसिक रुपमा पागल हो ? वा उसमा यौनसम्बन्धी कुनै समस्या छ ? जो यस्तो खाले मुर्खता गरिरहेको छ । तर, यहाँ कथा अर्कै छ । यी ब्रा संकलन न मानसिक रोगी हुन् न त यौन रोगी नै ।
यो घटना न्युजिल्याण्डको हो । विदेशमा यस्ता अजबगजब घटना भइरहन्छन् । न्युजिल्याण्डको ओटछागोका महिलाहरुलाई आफूसँग भएको कुनै पनि प्रकारको ब्रा दिन आग्रह गरिएको थियो। महिलाहरुले पनि यो कार्यक्रममा उत्साहका साथ भाग लिए ।

यो सब विश्व रेकर्ड बनाउनका लागि गरिएको हो । त्यसैका लागि त्यहाँ डारगेविले गाइड लिडर रविन मार्टिनोविकले यसरी ब्रा कलेक्सन आयोजना गरेका हुन् । यसको उद्देश्य मानिसमा स्तन क्यान्सरप्रति जागरुक गराउनु थियो । साथै यो रेकर्ड बनाउँदा जम्मा हुने रकम क्यान्सर पीडितको सहयोगका लागि उपयोग गर्नु थियो । यो कार्यक्रमलाई ब्रेस्ट क्यान्सर पिन्क रिबल अपिल नाम दिइएको थियो । कार्यक्रममा ७४८५ वटा ब्रा संकलन गरेर ४९०४ मिटर लामो चेन बनाइएको थियो । यसअघि अस्ट्रेलियामा १६६,००० ब्रा संकलनको रेकर्ड कायम छ । गिनिज बुकमा यो रेकर्ड उल्लेख गरिएको छ । एजेन्सी -

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID