Thursday 10 October 2013

सेक्सी पुरुष भएका दश सहर

सुन्दरता वा कामुकता भन्ने बित्तिकै धेरैले तरुनी युवतीहरुको अनुहार सम्भिmन्छन् । तर कामुकता वा सेक्सीपना केवल महिलाको मात्र विशेषता होइन, यो पुरुषको पनि गुण हो । खासमा पुरुषको सेक्सीपनाको अनुभुति महिलाले बढि गर्छन् ।

विश्वमा कुन देशका महिला बढि सुन्दर होलान् भन्नेबारेमा धेरै प्रकारका अध्ययन अनुगमन भएपनि कामुक पुरुषले धनी देश वा सहरहरुको बारेमा पनि सुनिएको थिएन । तर हालै एक गरिएको एउटा अध्ययनले सेक्सी पुरुष भएका विश्वका टप टेन सहरहरुको नामावली सार्वजनिक गरेको छ ।

अध्ययनले विश्वमा सबैभन्दा सेक्सी तथा सुन्दर पुरुष भएको सहर स्विडेनको स्टकहोम हो । ह्यान्डी ट्राभलर्स गाइडका अनुसार अरु प्राकृतिक सुन्दरताको साथै स्टकहोम सेक्सी पुरुषहरुको पनि खानी भएकाले उक्त सहर महिला भ्रमणकारीको लागि निकै उत्कृष्ट गन्तव्य बन्नसक्छ । स्विडेनका सेक्सी पुरुषको कुरा टीभी सिरियलका अभिनेता अलेक्जेन्डर स्कारगार्ड तथा फुटबलर प|mेन्डी जुंगवर्ग अब्बल ठहरिएका छन् ।

सेक्सी पुरुष भएको सहरको दोश्रो स्थानमा अमेरिकाको न्युयोर्क परेको छ । त्यस्तै तेश्रो स्थानमा नेदरल्याण्डको एम्स्टर्डम, चौथो स्थानमा पोर्चुगलको लिसबन तथा पाँचौँ स्थानमा अर्जेन्टिनाको ब्युनर्स आयर्स परेका छन् ।

सेक्सी पुरुषका धनी सहरहरुको छैटौँ स्थानमा अस्ट्रेलियाको सिड्नी, सातौँ स्थानमा स्पेनको म्याडि्रड, आठौँ स्थानमा जर्मनीको बर्लिन, नवौँ स्थानमा इटालीको मिलान तथा दशौँ स्थानमा इजरायलको तेल अभिभ परेका छन् ।

अध्ययन अनुसार बेलायती पुरुषहरुलाई भने पर्यटक महिलाले खासै नरुचाउने गरेका छन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID