Friday 11 October 2013

सुहागरात ‘विशेष’ बनाउन भियग्रा खाँदा युवकको ज्यान गयो

 सुहागरातलाई विशेष बनाउने नाममा गलत हरकत अपनाउँदा यमनका एक युवकले ज्यान गुमाएका छन् । विवाह गरेकै दिनको पहिलो रातलाई ‘अविस्मरणीय’ बनाउन ती युवकले एकै पटक ५ चक्की भियग्रा सेवन गरे, जसले
गर्दा उनको ज्यान गयो ।
समाचारका अनुसार २५ वर्षीय ती युवक आफ्नी नवविवाहित पत्नीसँग ‘विशेष रात’ बिताउन चाहन्थे । विवाहको दिन राति जब सबै पाहुनाहरु आ–आफ्नो घरतर्फ लागे, त्यसपछि नवविवाहित उक्त जोडी पनि एक साथ समय गुजार्न आफ्नो घरभित्र छिरे ।
तर, आफ्नो कोठमा पुग्नु अगावै ती युवकले एकै पटक ५ चक्की भियग्रा सेवन गरे । युवक जब आफ्नो ओछ्यानमा पुगे, तब त्यहीँ पछारिए र सोही बखत उनको मृत्यु भयो ।
कोठामा पुगेपछि ती युवकलाई अधिक गर्मी महशुस भयो । उनी पसिनाले निथ्रक्कै भिजे र आफ्नो ओछ्यानमा ढले । त्यसको तुरुन्तै उनलाई अस्पतालमा भर्ना गरियो, जहाँ चिकित्सकले युवकलाई मृत घोषित गरेका एक अन्तर्राष्ट्रिय समाचार अनलाईनले जनाएको छ ।
चिकित्सा क्षेत्रमा यस्ता कयौं अध्ययन भईसकेका छन्, जसमा भियाग्राको सीधा सम्बन्ध ‘हर्टअट्याक’सँग हुने देखिएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID