Thursday 10 October 2013

सेक्स गर्नु झगडा गर्नभन्दा बढी सजिलो

कुनै पनि विवाहित महिलाले आफ्ना पुरुषहरूसँग यौन सम्बन्ध किन राख्दा होलान् ? उनीहरूमा त्यस्तै रुचि हुँदो हो कि साथीको चित्त बुझाउन मात्र ? एउटा अनुसन्धानले के देखाएको छ भने वैवाहिक जीवन शान्तिपूर्ण रहिरहोस्, बिनाकारणको टाउको दुखाइमा पर्न-नपरोस् भनेर उनीहरू पतिसँग सर्वाधिक एकान्त क्षण बिताउन चाहन्छन् । उनीहरूको सूचीमा रोमान्सको स्थान निकै पछि हुन्छ । टेक्सस विश्वविद्यालयअन्तर्गत मनोविज्ञानका प्राध्यापक सीडी मेस्टन र डेभिड बसद्वारा लिखित ‘ह्वाई विमेन ह्याभ सेक्स ?’ -महिला किन यौन सम्बन्ध राख्छन् ?) पुस्तकमा पत्नीले पतिसँग यौन सम्बन्ध राख्नुका दुई सय कारण उल्लेख गरिएको छ । यो पुस्तकका लागि गरिएको अनुसन्धानमा एउटी महिलाले केसम्म भनेकी छन् भने पतिले शुक्रकीट बाहिर निकाल्न सकून् भनेर मात्रै ऐकान्तिक क्षण बिताउने गरेको बताएकी छन् । अहिलेसम्मको मान्यताअनुसार पुरुषहरूलाई महिला यौन रूपमा आकर्षक -सेक्सुअली अट्रयाक्टिभ) लाग्छन् । तर महिलाले पुरुषमा यस्तो कुनै कुरा भेट्दैनन् । अनुसन्धानका समय प्रा. मेस्टनले एक हजार महिलाको अन्तर्वार्ता लिए । त्यसमा महिलाले पुरुषसँग सुत्नुपर्नाका थुप्रै कारण बताए । एउटी महिलाले आध्यात्मिक अनुभूतिका लागि सेक्स गर्ने बताइन् । उनका अनुसार सेक्स ईश्वरलाई नजिकबाट अनुभव गर्ने राम्रो माध्यम हो । तर धेरैजसो महिलाले यौन सम्बन्ध राख्नुको कारण घरेलु शान्ति रहेको बताए । ८४ प्रतिशत महिलाले के स्वीकार गरे भने जीवनमा शान्ति कायम होस् वा घरसंसारको आवश्यकता पूर्ति हुदै जाओस् भनी पतिसँग यौन सम्बन्ध राखिन्छ । ‘जीवनमा उल्लास छाओस् भनेर म यौन सम्बन्ध राख्छु,’ एउटी महिलाले भनेकी छन्, ‘किनभने सेक्स गर्नु झगडा गर्नभन्दा बढी सजिलो छ ।’ कतिपय महिलाका लागि यस्तो सम्बन्ध माइग्रेन र टाउको दुखाई भगाउने उपचार रहेछ । अनुसन्धानमा केही महिलाले जे भने त्यो प्रायलाई अनौठो लाग्न सक्छ । एउटी महिलाले भनेकी छन्, ‘मैले पुरुषसँग किन सम्बन्ध राखेँ भने उसमाथि दया लागिरहेको थियो ।’ करिब १० प्रतिशत महिलाले उपहार पाउने आसमा यौन सम्बन्ध राखेको उल्लेख गरे । केहीले चाहिँ आफ्ना लागि पुरुषले भव्य डिनर आयोजना गरेकाले त्यस्तो कर्म गर्नुपरेको बताए । विश्वविद्यालय छात्रामा गरिएको सर्वेक्षणमा १० मध्ये ६ जनाले सामान्यतया आफ्ना ब्वाइफ्रेन्डबाहेकका पुरुषसँग पनि शारीरिक सम्बन्ध बनाइसकेको स्वीकार गरे । तीमध्ये कतिपयले आफ्नो ‘सेक्सुअल परफर्मेन्स’ राम्रो बनाउन यौन सम्बन्ध राख्ने गरेको बताए । एउटी छात्राले भनिन्, ‘मैले ब्वाइफ्रेन्डसँग किन यौन सम्पर्क गरेँ भने म आफ्नो यौन क्षमता अझ राम्रो बनाउन चाहन्थेँ ।’ उक्त अनुसन्धानबाट के पनि पत्ता लाग्यो भने महिलाहरू बढी आकषिर्त, अग्ला, ओजनदार स्वर र सुगन्धित शरीर भएको पुरुषसँग मरिहत्ते गर्छन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID