Tuesday 22 October 2013

हनिमुन मनाएको हेर्न बाबु आमा चाहिने

‘मधुमास’ले हनिमुनको अर्थ बोक्छ । बाबुराम दाहाल र सुदर्शन थापाले मिलेर निर्माण गरेको चलचित्र ‘मधुमास’ले पनि नायक नायिकाको हनिमुनलाई सस्पेन्स, रोमान्सको घेरामा बाधेको छ । यो चलचित्रलाई चलचित्र सेन्सर बोर्डले पीजी सर्टिफिकेट दिएको छ । अब हलहरुमा कडाई गरिने हो भने १६ बर्ष भन्दा तलका बालबालिकालाई यो चलचित्र हेर्न बाबु आमाको खाचो पर्नेछ । यदि यही नियमलाई पछ्याउदै १६ बर्ष तलका बालबालिका सिनेमा हेर्न गएको खण्डमा निर्माण यूनिटलाई फाइदा पुग्ने देखिन्छ । तर नेपालमा सेन्सर सर्टिफिकेटको अर्थ खासै देखिएको छैन ।

आर्यन सिग्देल, मनोज आरसी, पूजा शर्मा, सिवांगिनी राणा लगायतका कलाकारले अभिनय गरेको ‘मधुमास’ कात्तिक ८ गतेबाट देशभर लाग्दैछ । सुदर्शन थापाले निर्देशन गरेको यो चलचित्रका सस्पेन्स, थि्रलर र केही द्धन्दका दृश्यका कारण सेन्सरले पीजी सर्टिफिकेट दिएको निर्माता दाहालले अनलाइनखबरलाई बताएका छन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID