Wednesday 2 October 2013

हेलिकप्टर चार्टर गरेर सम्बन्धविच्छेद गर्न गाउँमा

 ओखलढुंगा, सम्बन्धविच्छेद गर्नकै लागि हेलिकप्टर लिएर यहाँ आइपुगेका एक युवक मंगलबार हेलिकप्टरबाटै राजधानी फर्किएका छन् । स्थायी ठेगाना बलखु १, ओखलढुंगा भई हाल ललितपुर बस्दै आएका गितेन्द्रबाबु राई जेठी श्रीमतीसँग सम्बन्धविच्छेद गर्न शनिबार यहाँ आएका हुन् । उनले आइतबार सम्बन्धविच्छेद गरेका थिए ।

सिस्नेरी ६ माइती भएकी जेठी श्रीमती कृसा राईसँग उनले ५ लाख रकम दिएर सम्बन्धविच्छेद गरेका हुन् । जिल्ला अदालतमा प्राप्त मिसिलअनुसार गितेन्द्रको जेठीतर्फका आठ वर्षीय छोरा छन् भने कान्छीतर्फ एक छोरा छन् ।

जेठीतर्फका छोरा १६ वर्ष उमेर पुगेपछि बाबुले नै जिम्मा लिने शर्त छ । 'दोस्रो बिहे गरेपछि श्रीमान्ले मसँग बस्न चाहेनन्,' जेठी श्रीमती कृसाले भनिन्, 'त्यही भएर सम्बन्धविच्छेद गरेकी हुँ ।' विवाह भएको केही समयदेखि नै श्रीमान्ले राम्रो व्यवहार नगरेको कृसाले बताइन् । उनीहरूको १० वर्षअघि विवाह भएको थियो । स्थानीयले भने कृसालाई विभिन्न आरोप लगाउँदै सम्बन्धविच्छेद गराउन बाध्य पारिएको आरोप छ । गितेन्द्र राजधानीस्थित सहकारीमा काम गर्ने व्यक्ति हुन् ।

आर्थिक रूपले सम्पन्न भएको कारण हेलिकप्टर लिएर सम्बन्धविच्छेद गर्नकै लागि यहाँ आएको स्थानीयको भनाइ छ । हाल ओखलढुंगादेखि राजधानीका लागि हेलिकप्टर चार्टर गर्न कम्तीमा १ लाखदेखि १ लाख २० हजारसम्म लाग्ने गर्छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID