Thursday 10 October 2013

अस्पतालको चौरमै यसरी जन्मियो बच्चा


विश्वभर नै मेक्सिकोको अस्पतालको चौरमा एक महिलाले रुँदै बच्चा जन्माइरहेको तस्वीरले आज तहल्का मच्चाइरहेको छ । अस्पताल बाहिरको चौरमा रुँदै बच्चा जन्माइरहेकी यी महिलाको तस्वीरका कारण मेक्सिको सरकारले अनलाइनमा धेरै मानिसको आलोचना बेहोरिरहनु परेको छ भने ठूलो बेइज्जती समेत खप्नु परेको छ । उक्त तस्वीर इन्टरनेट हुँदै पत्रिकाको बाहिरी पृष्ठमा समेत प्रकाशित भएसँगै राष्ट्रिय बहसको सिर्जना भयो र अन्ततः मेक्सिको सरकारले महिलालाई चौरमा बच्चा जन्माउन बाध्य पार्ने उक्त अस्पतालका प्रमुखलाई निलम्बन गरेको छ ।

वास्तवमा त्यो दर्दनाक तस्वीर मेक्सिकोको एक आदिवासी समुदायकी महिलाको हो । २९ वर्षकी र्इमा लोपेज बच्चा जन्माउनका लागि ओआक्जाका राज्यस्थित सरकारी अस्पतालमा गइन् । तर अस्पतालका नर्शहरुले ती महिलालाई सुत्केरी गराउन अस्विकार गरे । अस्पतालमा भर्ना हुन नपाएपछि उनी अस्पतालको चौरमा गएर बच्चा पाइन् । उनले रुँदै बच्चा पाइन् । बच्चा चौरमा खस्यो तर त्यसलाई सम्हाल्ने कोही थिएन । त्यत्तिकैमा कसैले त्यो तस्वीर खिच्यो र त्यसलाई इन्टरनेटमा अपलोड गर्यो । यो घटना गएको अक्टोबर २ तारेखको हो ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID