Wednesday 11 September 2013

मोटरसाइकलले धोका दिँदा ४ महिना हिउँको बास

चार महिनासम्म हिउँ नै हिउँले भरिएको पर्वतमा फस्दा पनि एक पुरुष बाँच्न सफल भए । आखिर काल नआएपछि कस्को के लाग्छ र ? अर्जेन्टिनामा एक उरुग्वेली पुरुष ४ महिनासम्म हिउँमै अडि्कए तर जिउँदै बाहिर निस्किन सफल भए ।

अधिकारीहरुका अनुसार एन्डिज पर्वत श्रृंखलामा ४ महिनासम्म फसेका ५८ वर्षका पुरुषको नाम राउल गोमेज हो । उनलाई उद्धार कर्मीहरुले उद्धार गरी सकुसल सुरक्षित स्थानमा ल्याएका छन् । उनलाई एन्डिज पर्वत श्रृंखलाको लोस पटोस भ्याली स्थित ४ हजार ५ सय मिटरको उचाइबाट उद्धार गरिएको हो ।
उनलाई उपचारका लागि सेन जुआनस्थित अस्पतालमा लगिएको छ । चार महिनासम्म हिउँमा बसेका मान्छे जिउँदै हुनु चमत्कार रहेको डाक्टरहरुले बताएका छन् ।

गएको मे महिनामा मोटरसाइकलमा चढेर उरुग्वेबाट चिलीतर्फ गइरहेको बेला बाटोमै मोटरसाइकल बिग्रेपछि उनको यस्तो हालत भएको रहेछ । बाटोमा मोटरसाइकल बिग्रेपछि उनले एन्डिज पर्वतलाई पैदलै पार गर्ने कोसिस गरे । त्यसै समय भारी हिमपात भयो, बाटो सबै पुरियो । अनि उनले बाहिर निस्कने बाटो पत्ता लगाउन सकेनन् र त्यहीँ अडि्कए ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID