Thursday 12 September 2013

बिनाकसुर साउदीमा जेल परेका नेपालीलाई दुतावासले वास्तै नगरेको गुनासो

२८ भदौ, काठमाण्डौं । वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगेका १८ जना नेपाली नौ महिनादेखि बिनाकसुर जेलमा बसिरहे पनि त्यहाँस्थित नेपाली दुतावासले उद्दारका लागि पहल गरेको छैन् ।
 जेलमा परेका नेपालीले आफूहरुको जीवन कष्टपूर्ण रहेको तर उद्दारका लागि दूतावासले कुनै प्रयास नगरेको भन्दै दुईमहिनाअघि परराष्ट्र मन्त्रालय कन्सुलर शाखामा उजुरी दिएका थिए । त्यसमा पनि अहिलेसम्म सुनुवाई भएको छैन् । उद्दारका लागि दूतावासले पहल नगरेको भन्दै उनीहरुले दवाव दिन एक सातासम्म जेलमै भोकहड्ताल पनि गरेका थिए । तर जेल प्रशासनले भोकहड्ताल तोडायो । उनीहरुमध्ये पाँचजना बिरामी परेका छन् । यसबारे पीडितका परिवारले परराष्ट्र मन्त्रालय, कन्सुलर शाखा, श्रम विभाग र राष्ट्रपति कार्यालयमा उजुरी पनि दिएको अन्नपूर्ण पोस्टमा खबर छ । पटक पटक आग्रह र उजुरी गर्दा पनि सुनुवाई नभएपछि पीडितका नेपालस्थित आफन्तले आन्दोलन गर्ने भएका छन् । पीडितका आफन्त धरानका भुवन काफ्लेले साउदी जेलमा रहेका निर्दोष नेपाली शुक्रबारसम्म मुक्त नभए आन्दोलन गर्ने चेतावनी दिए । रक्सी खाएर होहल्ला गरेको आरोपमा त्यहाँस्थित अदालतले उनीहरुलाई तीन महिना जेल सजाय तोकेको थियो । दूतावासको लापरबाहीका कारण नौ महिना बित्दा पनि उनीहरु मुक्त हुन सकेका छैनन् ।
                        भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोस्

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID