Sunday 4 August 2013

के तपाइँले खुट्टा भएको सर्प देख्नु भएको छ ?

 
जिव विकासको पाठ पढाउने क्रममा अध्यापकहरूले बिद्यार्थीहरूलाइ पक्कै पनि बताएको हुनुपर्छ कि शुरुवाती समयमा सर्प जस्ता सरीसृपहरूको खुट्टा हुने गर्दथ्यो ।
तर विकास क्रममा उनको उपयोग कम भयो, जसका कारण ती खुट्टाहरू लुप्त भएका थिए । तर हालै चीनमा एउटा सर्प भेटिएको छ, जसको खुट्टा छ ।
नायराल्याण्ड को खबर अनुसार, चीनमा एउटा यस्तो सर्प भेटिएको छ । जसको खुट्टा रहेका छन । ६६ बर्षीय डीन किङगजिकू त्यस दिन आफ्नो घरको भित्ता सफा गरिरहेकी थिइन । उनले एक अनौठो आवाज सुनिन । उनले एउटा ठुलो सर्प भित्तामा हिडिरहेको पाइन ।
तर उनले डराउनुको सट्टा हिम्मतले काम लिइन र सर्पलाइ मारिन । उनले त्यस सर्पलाइ फालिनन त्यसलाइ एक अल्कोहलको बोतलमा बन्द गरेर राखिन ।
आश्चर्यको कुरा यो थियो कि उक्त सर्पको शरीरमा एउटा खुट्टाको संरचना रहेको थियो । पछि यस मरेको सर्पलाइ चीनको वेस्ट नर्मल यूनिभर्सिटीको लाइफ साइन्सडिपार्टमेन्टमा पठाइयो । त्यहाँ यसको जाँच गरिने बताइएको छ ।
यो सर्प १६ इन्च लम्बाइको छ । सरीसृप विशेषज्ञले यस घटनालाइ आश्चर्यजनक भएको बताएका छन । यद्दपी अहिले सम्म यसका बारेमा बिस्तृत जानकारी दिइएको छैन । यसको जाँच पछि मात्र यस सम्बन्धमा जानकारीहरू सार्वजनिक गरिने बताइएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID