Sunday 4 August 2013

पवित्राको मन खुलेपछि के गरे यशराजले ?(भिडियो)


चलचित्र ‘राजनीति’ निर्देशन गरेका निर्देशक बसन्त निरौला यतिबेला म्यूजिक भिडियोको काममा पनि व्यस्त छन् । उनले हालै मात्र सरु पराजुलीको आवाजमा समावेश ‘खुलेको छ यो मन’ बोलको गीतको म्यूजिक भिडियो निर्देशन गरेका छन् ।‘मनन’ एल्बममा समावेश यो गीतमा शिव चम्लागाइको शब्द, राम सिटौलाको संगीत छ । यो एल्बममा ५ वटा गीत समावेश गरिएको गायिका पराजुलीलले जानकारी दिएकी छिन् । भिडियोमा नायक यशराज र पवित्रा आचार्यलाई देख्न सकिन्छ । यो भिडियोको छायांकन रामेश्वर कार्कीले गरेका छन् । भिडियोलाई अनलाइनखबर मार्फत सार्वजनिक गरिएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID