Tuesday 13 August 2013

मत गणना पुनरावलोकन नभए हामी संविधानसभामा जाँदैनौं- प्रचण्ड

 मत गणना पुनरावलोकन नभए हामी संविधानसभामा जाँदैनौं- प्रचण्ड । मतपेटिकाहरु लुकाएर अन्त राखियो । काठमाडौं ९ मा दुर्घटना भयो भनियो, भएकै होइन । चार घण्टा लुकाएर राखियो । ४ मा मतपेटिकाको खसेको भन्दा बढी मत देखियो । मत पट्याएको तरिका एउटै देखियो । सिन्धुपाल्चोकमा हाम्रा प्रतिनिधिको मोटरसाइकलको हावा खुस्काएर मतपेटिकासम्म पुग्न दिइएन । देशभरी यस्ता घटना देखिएपछि हामीलाई के लाग्यो भने यसको पुनरावलोकनका लागि आफ्नो कुरा राख्नुपर्छ । यसलाई सकारात्मक ढंगले लिनेछन् भन्ने हामीलाई विश्वास छ । नलिए हामी संविधानसभामा हामी रहँदैनौं ।
तर, १२ बुँदे र शान्ति सम्झौताप्रति प्रतिवद्व रहँदै शान्तिपूर्ण राजनीतिमा रहेर दलहरुसँग सहकार्य गछौं । हामी सही हो कि बैद्यजी सही हो हामी छिट्टै केन्द्रीय समितिको बैठक गरेर समिक्षा गरौंला ।
यो देशमा यसरी नै षड्यन्त्र गरेर अग्रगमनको बाटो रोक्न खोजियो भने बैद्यजी लगायत जो जो परिर्वतनका पक्षमा छन्, उनीहरुसँग एकता हुन्छ ।

अहिलेसम्म विजयी - टेकबहादुर गुरुङ-मनाङ-कांग्रेस), राजन केसी-काठमाडौं १० (कांग्रेस), रविन्द्र अधिकारी-कास्की ३ (एमाले) र सोमप्रसाद पाण्डे-पाल्पा २ (एमाले

काठमाडौं १० बाट विजयी कांग्रेसका राजन केसीलाई निर्वाचन अधिकृतले विजयी प्रमाणपत्र दिएका छन् । केसीले अघिल्लो चुनावमा आफूले जस्तो अहिले हारलाई स्वीकार गर्न एमाओवादी अध्यक्ष प्रचण्डलाई आग्रह गर्नु भएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID