Tuesday 16 July 2013

अचम्मको संस्कार स्वास्नीलाई जबरजस्ती मोटाउन दबाब

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्


अफ्रिकालाई विश्वको चिडियाघर पनि भनिन्छ । यहाँ केवल वन्यजन्तुको विविधता मात्र होइन मानव सभ्यतामा पनि निकै विविधता पाइन्छ । अफ्रिका महादेशमा विश्वको सबैभन्दा पूरानो सभ्यता देखि लिएर अत्याधुनिक सभ्यता सम्म देख्न पाइन्छ । अफ्रिकालाई अँध्यारो महादेश पनि भनिन्छ । यसको अर्थ यहाँ यस्ता परम्परागत तथा अन्धविश्वासी सभ्यता छन् जहाँ मानिसहरुमाथि नै पशुवत् व्यवहार हुन्छ । अफ्रिकाका विभिन्न देशका आदिवासी समुदायमा महिलाहरुको स्थिति निकै नाजुक छ । जहाँ महिलाहरु पशु सरह किनबेच हुन्छन्, पुरुषका साधनका रुपमा दुरुपयोग गरिन्छन् अनि परम्पराको नाममा ठूलो पीडा सहन्छन् ।

पश्चिमी सहारा तथा सेनेगलको मध्यस्थित मरिटानियामा एउटा यस्तो परम्परा हावी छ जहाँ पुरुषहरुले महिलामाथि निकै अनौठो तानाशाही हुकुम लादिरहेका छन् । त्यहाँका पुरुषहरु महिलाहरुमाथि जबरजस्ती मोटाउन दबाब दिन्छन् । केटीहरुलाई सानै उमेरदेखि बाउआमाले नै सरीर मोटो बनाउन भन्छन् र यो क्रम महिलाहरुको बिहे तथा उमेर छिप्पिँदासम्म रहिरहन्छ । छोरी मोटाइ भने राम्री देखिन्छे र राम्रो केटाले मन पार्छ भन्ने विश्वास बाउआमा हुन्छ र युवकहरुले पनि मोटी युवतीलाई मन पार्छन् ।

त्यो समुदायमा महिलाको मोटोपनालाई सम्पन्नता तथा सम्वृद्धिको प्रतिक मानिन्छ भने दुब्ली पत्नीलाई गरिबी तथा लाचारीको प्रतिकको रुपमा लिइन्छ । त्यहाँका पुरुषहरुले आफ्नी श्रीमतीको मोटोपनलाई आफ्नो इज्जतसँग जोड्छन् र मोटी श्रीमती भएका लोग्नेको इज्जत बढि हुन्छ । त्यसकारण उनीहरु श्रीमतीको वजन बढाउने कोसिसमा लाग्छन् । श्रीमतीलाई मोटो बनाउने निहुँमा यस्ता चिज समेत खुवाइन्छ जसले स्वास्थ्यमा नकारात्मक असर पार्छन् ।

महिलाहरुलाई खाजामा उँटको दुध, ब्रेड तथा बोसोउक्त खानेकुरा खान दिइन्छ । साथै बाख्राको मासु तथा बढि बोसो भएको मासु खुवाइन्छ । महिलालाई मोटी बनाउने यो परम्परालाई गावेज भनिन्छ । यो एक फ्रेन्च शव्द हो जसको अर्थ खाने कुरामा जबरजस्ती गर्नु । जबरजस्ती मोटो बन्नुपर्नाले त्यहाँका महिलामा अस्वस्थता बढिरहेको छ भने विभिन्न रोगका सिकार बनिरहेका छन् । तर परम्पराको नाममा स्वास्नी मोटी बनाउने यो संस्कार फस्टाइरहेको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID