Wednesday 17 July 2013

यी हुन् त्यस्ता मान्छे जो हावामात्रै खाएर बाँच्छन्


मान्छेलाई बाँच्नको लागि खाना खानुपर्छ । तर विश्वमा यस्ता मान्छे पनि हुँदा रहेछन् जो केवल हावा खाएर मात्र पनि बाँच्न सक्छन् ।

झ्वाट्ट सुन्दा हाम्रै देशका लिटिल बुद्धको नाममा चर्चा कमाएका एक जना किशोर हुन् की भन्ने लाग्दा । महिनौँ नखाइ तपस्या गरेर बसेको भनिएका राम बहादुर बम्जनको यस्तो दाबी लगभग असत्य सावित भएको बेला नेसनल जियोग्राफिक च्यानलले हावामात्र खाएर बाँच्ने त्यस्ता अनौठा तथा अपत्यारिला मान्छे फेला पारेको छ । ती युवक हामीजस्तै दिनहुँ कामकाज गर्छन्, घुमफिर गर्छन् तर खाना भने खाँदैनन् । केवल स्वास फेर्दा लिएको हावा उनका लागि काफी छ ।

सुन्दा विश्वास लाग्दैन । तर यो सत्य हो । श्रीलंकाका किरबी डे लनेरो त्यस्ता मान्छे हुन् जो हावा मात्र खाएर बाँच्न सक्छन् ।

खबर अनुसार यी युवकले पछिल्लो पाँच वर्ष यता यस्तो समयतालिका पछ्याएका छन् जसमा उनले वर्षका १० महिनामा केवल ६-७ पटक मात्र खान्छन् । उनले पछिल्लो १० महिनामा केवल ७ पटक मात्र खाना खाएका छन् अर्थात् दश महिनामा केवल ५ सय क्यालोरी मात्र । जबकी एक जना सामान्य मान्छेले दिनमा ३ चोटी, महिनामा ९० चोटी तथा १० महिनामा ९ सय चोटी खाने गर्छ ।

किरबी आफुलाई धेरै खाना खानु नपर्ने बताउँछन् । स्वास फेर्दा लिएको हावा तथा सूर्यको किरणबाट आफ्नो सरीरले उर्जा प्राप्त गर्ने दाबी उनको छ । उनको यो दाबी सही हो वा होइन र उनी दश महिनामा केवल ७ पटक मात्र खाएर कसरी बाँचेका छन् ? भन्ने कुराको अनुसन्धान गर्न वैज्ञानिकहरु जुटेका छन् । किरबी भने आफ्नो यो शक्ति इश्वरको बरदान भएको बताउँछन् । अरु मान्छेले जस्तै खाने हो भने आफु विरामी पर्ने र थाक्ने उनी बताउँछन् ।

आफुलाई धेरै मान्छेले खाना नखाइ बाँच्ने उपाय हामीलाई पनि सिकाइदेउ भन्ने गरेको तर आफ्नो यो क्षमता इश्वरको देश भएकाले आफुले सिकाउन नसक्ने किरबी बताउँछन् ।
हाम्रो सामाजिक संजाल मा साथी बन्न को लागि याँ click गर्नु होस् !

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID