Tuesday 23 July 2013

वजन घटाउनुहोस्, सुनको सिक्का लैजानुहोस्

हामीकहाँ जनता भोकभोकै मर्दा त सरकारले खासै चासो हुँदैन भने बढि खाएर मोटाए भन्ने चिन्ता कसलाई होस् ? तर हाम्रो सरकारलाई चिन्ता नभएर के भो त ? यो विश्वका केही देशका सरकारलाई जनता भोकाए भन्ने मात्र होइन बढि खाएर मोटाए पनि चिन्ता हुन्छ । युएइको दुबइमा यस्तै भएको छ ।

दुबइका जनता एकाएक मोटाउन थालेपछि स्थानीय सरकारलाई चिन्ता लाग्न थालेको छ । महानगरपालिकाले जनतालाई वजन घटाउन लोभ्याउने एउटा टि्रक निकालेको छ । उसले जनतालाई स्लिम बनाउनका लागि निकै अनौठो तर लोभलाग्दो स्किम सार्वजनिक गरेको छ । दुबइ बासीको लागि निकै सुनौलो अवसर यो छ की उनीहरु जति स्लिम बन्छन् उति नै सुन पाउँछन् । गएको मंगलबार सार्वजनिक गरिएको यो स्लिमको बदला सुन कार्यक्रम प्रति दुबइबासी निकै उत्सुक देखिन्छन् । महानगरपालिकाले नारा नै दिएको छ, तपाइँको वजन सुन हो ।
वजन कम गर्नका लागि ३० दिनको समय रहनेछ । जुन जुलाई १९ मा सुरु भएकोमा अगष्ट १६ मा सकिनेछ । यो वजन कम गर्ने योजनामा भाग लिने मानिसहरुले कम्तिमा पनि दुइ किलो वजन घटाउनुपर्नेछ, तबमात्र सुन पाइनेछ । यसका साथै लक्की ड्र समेत गरिनेछ र लक्की ड मा पर्ने ३ जना विजेतालाई करीब साढे ५ हजार डलर मूल्य बराबरको सुनको सिक्का पुरस्कार दिइनेछ । तौल घटाउने योजनामा सहभागी हुने व्यक्तिहरुको वजन योजना सुरु हुने दिनका साथै अन्तिम दिनमा लिइनेछ ।

दुबइ नगर निगमका निर्देशक जनरल नसीर लूताहका अनुसार दुबइमा मानिसहरुको वजन नियन्त्रणका लागि वर्षेनी विभिन्न कार्यक्रमको आयोजना गर्ने गरिएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID