Tuesday 16 July 2013

एउटै व्यक्तिको तीनवटा नागरिकता

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

नेपालगन्ज, साउन १ – बाँकेको बागेश्वरी गाविसका एक व्यक्तिले फरक फरक नाममा तीनवटा नागरिकता लिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ ।
अमित सुनार, समिर शर्मा र आलोक सुनारको नाममा तीनवटा नागरिकता लिएको उजुरीमा दावी गरिएको छ । एउटै व्यक्तिलाई फरक फरक नाममा तीनवटा नागरिकता दिइएको भन्दै स्थानीय भिमबहादुर रानाले छानबिनका लागि जिल्ला प्रशासन कार्यालय बाँकेमा उजुरी दिनुभएको हो ।
गाविसको ढड्डामा अमित सुनार, समिर शर्मा र आलोक सुनारको नाममा तीन वटा नागरिकता सिफारिस भएको उल्लेख छ । गाविसको अभिलेख अनुसार २०६७ असोज ४ गते बाबु बलबहादुर सुनारको सनाखतमा छोरा अमित सुनारको नाममा नागरिकता प्रदान गर्नका लागि पहिलो सिफारिस भएको छ । यस्तै २०६९ पुस ११ गते बाजे हिरेन्द्र शर्मा र बाबु मनिष शर्माका छोराको रुपमा उनै व्यक्तिलाई समिरकुमार शर्मा नाम उल्लेख गरी नागरिकता उपलबाजे हिरेन्द्र शर्मा र बाबु मनिष शर्माका छोराको रुपमा उनै व्यक्तिलाई समिरकुमार शर्मा नाम उल्लेख गरी नागरिकता उपलव्ध गराउन सिफारिस गरिएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID