Friday 26 July 2013

एउटै ब्रा भित्र बुस र चाभेज !!! (फोटोफिचर सहित)

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्


महिलाले लगाउने वक्षकवच अर्थात् ब्रा भित्र ह्युगो चाभेज र जर्ज डब्लु बुस ? अमेरिकी पूर्व राष्ट्रपति बुस र भेनेजुयलाका पूर्व राष्ट्रपति स्वर्गीय चाभेज एकै ठाउँमा, अझ एउटै ब्रा भित्र कसरी अटे ? तर चाभेज र बुस मात्र होइन अमेरिकी पूर्व राष्ट्रपति रोनाल्ड रेगन र क्युवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोलाई पनि एउटै ब्रा भित्र राखिएको छ ।

यो सम्म त ठिकै थियो । तर मारगरेट थ्याचर र चे ग्वेभारालाई समेत एउटै ब्रा भित्र कोचेपछि के हालत होला ?

साँच्चीकै यथार्थमा त यो सम्भव नै हुने थिएन र छैन । दुइ ध्रुवका यी दक्षिण पन्थी र वामपन्थी नेताहरुको मिलन असम्भव नै थियो । अझ महिलाको ब्रा भित्र दुबैजना घुस्ने घिनलाग्दो काम कसरी गर्थे होला र ? तर ब्राजिलको एक ब्रा निर्माता कम्पनीले भने यो कुरालाई सम्भव पारिदिएको छ ।
दायाँ र बायाँ सँगसँगै भन्ने नाराका साथ उत्पादन भएको सुपर पुसअप ब्राले आफ्नो आकर्षक विज्ञापनमा यस्तो अनौठो संयोजन मिलाएको छ । ब्राजिली कम्पनी होपले उत्पादन गरेको ब्रा को विज्ञापनमा यी दुइ ध्रुवका नेताहरुका टाउकोका तस्वीरलाई ब्रा भित्र मिलाएर राखिएको छ ।

यो ब्रा महिलाहरुको वक्षस्थलका लागि निकै लाभदायी हुने भन्दै कम्पनीले मिल्नै नसक्ने नेताहरुलाई समेत एक ठाउँमा ल्याउन सकेझैँ यो ब्रा ले दुबै वक्षस्थललाई समान तवरले सुरक्षा गर्ने बताएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID