Sunday 28 July 2013

जन्मिँदा केटा, त्यसपछि केटी र आमा

जन्मिदा केटा भएको मान्छे भविष्यका के होला ? अवश्य पनि पिता अर्थात् बाउ । तर जन्मिँदा पुरुष भएर पनि कोही कोही मान्छे आमा समेत बन्दा रहेछन् । वास्तवमा जो कोहीका लागि यो कुरा सम्भव छैन । तर चिकित्सा विज्ञानको अद्भुत सफलतासँगै यस्तो असम्भव कुरा पनि सम्भव बनिदिएको छ ।

भारतमा जन्मिँदा पुरुष रहेकी एक महिलाले बच्चा जन्माएकी छिन् । कर्नाटकको रोहतास जिल्लाकी ती महिलाले बच्चा जन्माएपछि चिकित्सा शास्त्रमा ठूलो उपलब्धी र आश्चर्यको रुपमा लिइएको छ ।

सन् १९८५ सालमा जन्मिँदा जैविक रुपमा पुरुष रहेका उनी १२ वर्षको उमेर सर्जरी द्वारा लिंग परिवर्तन गरी सोनी नामकी महिला बनेकी थिइन । वास्वतमा उनी समलिंगी थिइन्, उनका भित्री अंग तथा स्वभाव महिलाका जस्ता थिए तर बाहिरी अंग भने पुरुषका थिए । सोही कारण उनका माता पिताले निकै खर्च गरेर शल्यक्रिया गराई उनको लिंग परिवर्तन गराए । उनी त्यसपछि छोराबाट छोरी बनिन् । उनको बिहेबारी पनि भयो ।

लिंग परिवर्तन गराएपनि उनमा गर्भाधान हुन मुस्किल थियो । उनको श्रीमानले ९ वर्षसम्म उनको लगातार उपचार गराए र त्यसबीचमा उनको शल्यक्रिया पनि भयो । सोही उपचारको फलस्वरुप उनमा गर्भाधान भयो र बच्चा समेत जन्मिएको छ । उनले छोरी जन्माएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । श्रोत : एजेन्सी

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID