Thursday 18 July 2013

एकै युवतीको शरीरमा ४ वटा मृर्गौला

सामान्य रुपमा एक मानिसको शरीरमा मृर्गौला कति वटा हुन्छन् ? पक्कै पनि दुई वटा । के तपाईं एकै मानिसको शरीरमा ४ वटासम्म पनि मृर्गौला हुन सक्छ भन्ने कुरा पत्याउनु हुन्छ ? कुरा सुन्दा अपत्यारिलो लाग्न सक्छ । तर, यो वास्तविकता हो ।
एक बेलायती युवतीको शरीरमा ४ वटा मृर्गौला भएको पाइएको छ । हालैमा बाहिर आएको एक मामिलाका अनुसार जेसिका कर्फी नाम गरेकी ती युवती पिसाव सम्बन्धी समस्या देखिएपछि चिकित्सककोमा पुगेकी थिइन् । उपचारपछि युवतीको दायाँ मृर्गौला खराब भएको पुष्टी भयो ।

त्यसपछि अर्को एक परीक्षणमा उनको शरीरको दायाँ भागमा दुई मृर्गौला भएको पत्ता लाग्यो, जस मध्ये एक मृर्गौला खराब थियो । चिकित्सकले शल्यक्रिया गरेर उनको खराब भएको मृर्गौला निकालिदिए । सोही शल्यक्रियाकै बखत युवतीको शरीरमा ४ वटा मृर्गौला भएको पत्ता लाग्यो ।

एक अन्तर्राष्ट्रिय समाचार अनलाईनका अनुसर गएको वर्षको जुन महिनामा उनको शल्यक्रियाका समयमा शरीरको दाया भागमा मात्रै तीन मृर्गौला भएको पुष्टी भएको थियो । एक वरिष्ठ मूत्र रोग विज्ञ रोबिन विवरले यस्तो घटना विश्वमै दुर्लभ भएको प्रतिक्रिया दिएको जनाइएको छ ।

मृगौलाको शल्यक्रियापछि जेसिका तीन दिनपछि नै अस्पतालबाट डिस्चार्ज भएकी थिइन् । अहिले उनी पूर्ण रुपमा स्वस्थ्य भएकी जनाइएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID