Monday 10 June 2013

बाल्टिनको पानी कराएपछि…

झापाको महारानीझोडामा डिप बोरिङबाट तानिएको पानी तामाका भाँडामा राखिएपछि पानी कराउने र पानीका बीचका भागबाट ज्योतिजस्तो देखिने दृश्य हेर्नेको घुइँचो लागेको छ ।
सो गाविस वडा नं २ बस्ने पुरुषोत्तम गौतमका खेतमा रहेको डिप बोरिङको पानी भाँडामा राखेको १० मिनेटपछि कराउने गरेको र बाल्टिनमा राखिएको पानीको बीच भागमा सेतो ज्योति देखिने गरिएकाले मानिसहरु अचम्म मानिरहेका छन् । यस सम्बन्धमा गौतम भन्नुहुन्छ “खासगरी तामाको भाँडोमा पानी राखिएपछि उक्त धातुसँग पानी युद्ध गरेको आवाजजस्तो बुझिन्छ, यस्तो अवस्था बढीमा दस मिनेट रहने गरेको छ र त्यसपछि पानीको बीचको भागमा सेतो ज्योति देखिन्छ ।”
एक सातादेखि यस्तो देखिन थालिएको बताइएको छ । सुरु सुरुमा पानी बढी कराउने गरिएको र अचेल कराउने काम क्रमिक रुपमा घट्न थालेको उहाँले बताउनुभयो ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID