Monday 3 June 2013

२ प्रहरी जवानद्धारा प्रेमीकाको हत्या

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्
१० जेठ, काठमाडौ । शसस्त्रका दुई जवानले एक महिलाको हत्या गरेका छन् । निर्मल निवासको सुरक्षामा खटिएका शसस्त्र प्रहरी जवान हिराबहादुर बराम र पूर्णबहादुर बरामले बिहे गर्ने भन्दै बुढानिलकण्ठ गाविसको चिसापानी जंगलमा पुर्याएर एक महिलाको हत्या गरेका छन् ।

आर्थिक विवादका कारण बरामद्धयले मिलेर ४२ वर्षिय सुन्तलीमाया लामाको हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । बरमाद्धयलाई प्रहरीले पक्राउ गरी उनीहरुसँग बयान लिने क्रम सुरू गरेको छ । प्रहरीले दिएको जानकारी अनुसार सुन्तलीमायासँग दुवैको अवैध सम्बन्ध थियो ।

प्रहरीका अनुसार हत्या योजनाबद्ध ढंगले भएको हुन सक्ने बताएको छ । हत्याका लागी दुवैले केही दिनदेखी योजना बताएका थिए । योजनाअनुसार बिहे गर्ने र घूमाघाम गर्न जाने भन्दै महिलालाई गत ६ जेठमा बुढानिलकण्ठ गाविसको चिसापानी जंगलमा पुर्याइएको थियो । बिहे गर्ने रहरमा पुगेकी लामालाई घाँटी थिचेर तथा टाउकोमा ढुङ्गाले प्रहार गरेर हत्या गरेका हुन् ।

घटनास्थलमा बिहेकालागि भनेर लगिएको कपडा सिन्दुर पोतेसमेत भेटिएको थियो । प्रहरीले मंगलबार जंगलमा शव भेटेपछि अनुसन्धान सुरू गरेको थियो । अनुसन्धानका क्रममा फोन कलको डिटेलबाट प्रहरीले बरामद्धयलाई पक्राउ गरेको हो ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID