Wednesday 19 June 2013

फिस्टेल एयरको हेलिकप्टर हुम्लामा दुर्घटना

असार ५ । फिस्टेल एयरको एउटा हेलिकप्टर हुम्लामा  दुर्घटना भएको छ ।

हुम्लाको तिब्बती सीमा हिल्साबाट सदरमुकाम सिमिकोटका लागि उडेको फिस्टेल एयरको उक्त हेलिकप्टर आज अपराह्न ४ बजेर ४५ मिनेट जाँदा  दुर्घटना भएको हो ।

हुम्लाका प्रहरी निरीक्षक हरिशरण भट्टले दिएको जानकारी अनुसार हेलिकप्टरको पछाडीको भागमा आगो लागेको छ ।

हेलिकप्टरमा चालक दलसहित ६ जना रहेकोमा दुई जना सकुशल रहेको थाहा भईसकेको र  उनीहरुले हेलिकप्टरको पछाडी पट्टि लागेको आगो निभाउने प्रयास गरेको बताइएको छ ।

घटनाको विस्तृत जानकारी आई सकेको छैन ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID