Saturday 29 June 2013

कण्डम सम्बन्धि केही तथ्य

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

पुरुषका लागि कण्डम परिवार नियोजनको एकमात्र अस्थायी साधन हो । अनिच्छित गर्भ रोक्न मात्र नभई यौन रोगबाट बच्नसमेत कण्डम सबैभन्दा राम्रो उपाय हो भन्दा फरक नपर्ला । यद्यपि कण्डमका विषयमा विभिन्न खाले भ्रम तथा अन्धविश्वास अद्यापि छन् । यहाँ कण्डमका विषयमा केही रोचक तथ्य प्रस्तुत गरिएको छ । वास्तवमा कण्डम असफल हुने अर्थात् कण्डमले धोका दिने सम्भावना केवल २ प्रतिशत मात्र हुन्छ । कण्डम फुट्ने, च्यातिने जस्ता कुराले कण्डमले धोका दिन्छ । वास्तवमा यसो हुनुमा कण्डम सही तरिकाले प्रयोग नगर्नु मुख्य कारण हो ।

ल्याटेक्स अर्थात् कण्डम बनाउने कच्चा पदार्थको एलर्जी भएकाहरुले कण्डम प्रयोग नगर्नु नै बेस हुन्छ । कतिपय मान्छेले लिंगमा एउटा मात्र कण्डम लगाउनु भन्दा दुइवटा कण्डम बेर्नु राम्रो हुने ठान्छन् । तर दुइवटा कण्डम एकैचोटी लगाउँदा कण्डम च्यातिने खतरा बढि हुन्छ ।

धेरै लामो समयसम्म सहबास गर्नु वा धेरै रगड्नु वा योनी सुख्खा हुनु सम्भोगका बेला कण्डम च्यातिनुका मुख्य कारण हुन् । त्यसै गुदामैथुन तथा धारिलो वस्तुको कण्डमको प्याकेट खोल्दा पनि कण्डम बिगि्रने डर हुन्छ ।

कण्डम प्रयोग अघि चिसो तथा सुख्खा ठाउँमा राख्नुपर्छ । बढि तातो तथा ओसिलोपनाले कण्डमलाई कडा बनाउने र सम्भोगका बेला च्यातिने डर हुन्छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID