Wednesday 5 June 2013

देश यार्साबाट ९४ लाख ३८ हजार

मुगु, जेष्ठ १८ – जिल्ला विकास समितिले यार्सा संकलन गर्ने जानेबाट यसपालि ९४ लाख ३८ हजार रुपैयाँ प्रवेश शुल्कबापत राजस्व असुली गरेको छ । यार्सा टिप्न पाटनतर्फ गएका करिब ७ हजार स्थानीयबाट प्रतिव्यक्ति औसत १ हजार ५ सयका दरले प्रवेश शुल्क लिएको हो । बर्सेनि यही संख्यामा यार्सा टिप्न स्थानीय बासिन्दा घरमा ताला लगाएर पाटनतर्फ जाने भए पनि जिविसले अघिल्लो वर्षको तुलनामा ६ गुणा बढी रकम संकलन गरेको हो । अघिल्लो वर्ष १७ लाख मात्र संकलन गरेको थियो ।
गत वर्ष केही खुकुलो गरेको राजस्व कमी भएको तर यसपालि कडाइ गरिएको स्थानीय विकास अधिकारी भरत गौतमले बताए । तर पनि जिविसले यार्सा टिप्न सहयोगीका रूपमा जानेलाई सहुलियत दिएको छ । जिविसले अपांगलाई ५ प्रतिशत, १० वर्षभन्दा मुनिका बालबालिकालाई पूरै छुट र खाना पकाउने र बच्चा हेरचाह गर्न जानेलाई पूरै छुट दिएको छ  । जिविसको मुख्यको आम्दानीको स्रोत रहे पनि ०६४ सालमा ७० लाख, ०६५ मा ५७ लाख रुपैयाँ राजस्व उठाएको थियो । ०६६ सालमा भने उठाउन सकेको थिएन । यो वर्ष सानो यार्सा प्रतिगोटा ५ सय र ठूलो प्रतिगोटा ७ सयमा खरिद बिक्री भइरहेको स्थानीय बताउँछन् । जिविसका अनुसार व्यापारीले यार्सा खरिद गर्न ४२ करोड रुपैयाँ भित्र्याएका छन् ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID