Saturday 22 June 2013

सरकारी छात्रवृत्तिमा पढेका डाक्टर दुर्गम जान मानेनन्


असार, काठमाण्डौं । सरकारी छात्रवृत्तिमा एमबिबिएस अध्ययन गरी फर्केका चिकित्सकमध्ये झन्डै एकतिहाइले दुर्गम क्षेत्रमा जान अटेरी गरेका छन् । उनीहरुले सुगम क्षेत्रमै रहेर काम गर्ने वातावरण मिलाइदिन सरकारी अधिकारीलाई दबाब दिएका छन् ।

त्यसरी चिकित्सक जान नमान्ने जिल्लामा जाजरकोट, ओखलढुंगा, कञ्चनपुर, भोजपुर, बर्दियालगायत छन् । ती जिल्लाका सदरमुकाममै रहेका अस्पतालमा जानसमेत चिकित्सकले आनाकानी गरेका हुन् । नियमअनुसार छात्रवृत्तिमा अध्ययन सकेका चिकित्सकले सरकारले तोकेको ठाउँमा गई दुई बर्ष काम गर्नुपर्छ ।

चिकित्सक परिचालन निर्देशिका, ०६२ मा सरकारी छात्रवृत्तिमा एमबिबिएस अध्ययन सकेका डाक्टरलाई दुईबर्ष तोकिएको स्थानमा गई सेवा दिनुपर्ने उल्लेख गरिएको नयाँ पत्रिकामा खबर छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID