Friday 21 June 2013

अस्लिल कुराहरु हेर्ने होसियार !!!


अश्लील फिल्म हेर्ने लतले व्यक्तिमा मनोवैज्ञानिक विकृति ल्याउने खतरा रहेको कुरा यसअघि पनि विज्ञहरुले बताउँदै आएका थिए । तर अश्लील फिल्मले मान्छेको आँखाको ज्योति समेत गुम्नसक्छ भन्ने तथ्य भने हालै मात्र पत्ता लागेको छ । हालै गरिएको एक अनुसन्धानले धेरै पोर्न फिल्म हेर्ने मानिसहरु, खासगरी महिलामा आँखाको ज्योति गुम्ने खतरा हुन्छ पोर्न फिल्म हेर्दा आउने उत्तेजनाले मस्तिष्कको दृष्टि निर्माण गर्ने भागमा असर पूराउने र त्यसले आँखामा रक्तसंचार गराउने नशामा गडबडी उत्पन्न गराएर महिलालाई अन्धो बनाउन सक्ने खतरा रहेको विज्ञहरु बताउँछन् । नेदरल्याण्डको ग्रोनिन्जेन विश्वविश्दालयका स्नायु विशेषज्ञ गर्ट होल्स्टेजले गरेको अनुसन्धानले अश्लील फिल्म हेर्दा उत्पन्न हुने उत्तेजनाले दृष्टि क्षमतामा असर गर्ने र कालान्तरमा महिला अन्धो बन्नसक्ने देखाएको छ । अनुसन्धानको क्रममा गर्टले महिलाहरुको समूहलाई ती भागमा विभाजन गरी एउटालाई सामान्य फिल्म, अर्कोलाई सफ्ट पोर्न र बाँकीलाई हार्डकोर पोर्न फिल्म देखाएका थिए । फिल्म हेरेपछि तिनै खालका महिलाको मस्तिष्कको परीक्षण गरिएको थियो । त्यसक्रममा हार्डकोर पोर्न फिल्म हेरेका महिलाको दृष्टि भागबाट जाने रक्तनलीमा रगतको बहाब असन्तुलित भएको पाइयो । महिलाहरुमा गरिएको यो अध्ययन पुरुषहरुको मामिलामा पनि लागु हुने विज्ञहरु बताउँछन

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID