Sunday 30 June 2013

च्याउ खाएपछि अधवैँशेले काटे आफ्नै लिंग


अखाद्य च्याउ खाएर बेहोसी बनेपछि अमेरिकामा एक व्यक्तिले आफ्नै लिंग काटेका छन् । अमेरिकाको मिचिगनस्थित एक विद्यालय बाहिर लिंगको केही भाग काटेर चुँडिएको र खुट्टाभरी रगत लतपतिएको अवस्थामा एक निर्वस्त्र मानिसलाई प्रहरीले फेला पारी उद्धार गरेपछि यस्तो रहस्य खुलेको हो । ४१ वर्षे ती पुरुष अर्धबेहोसी अवस्थामा रोइकराइ गरिरहेको अवस्थामा स्थानीय विद्यालयका कर्मचारीले खबर गरेपछि प्रहरी आएर ती व्यक्तिलाई उपचारको लागि अस्पताल लगेको थियो ।

ओहियोस्थित कोलम्बसका बासिन्दा रहेका ती व्यक्तिको मंगलबार बिहान साथीलाई भेट्न आउँदा च्याउ किनेर खाएका अनुसन्धानपछि पत्ता लागेको छ । उनमा मानसिक समस्या तथा लागु औषध सेवन गर्ने लत समेत नरहेको र च्याउमै कुनै विषाक्त वा नसालु पदार्थ रहेको आशंका गरिएको अनुसन्धान अधिकारीहरुले बताएका छन् । ती व्यक्तिको अहिले उपचार भैरहेको र उनको अवस्थामा सुधार आइरहेको बताइएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID