Wednesday 12 June 2013

अफ्फ़र पनि कस्ता कस्ता : चुम्बन गर्नुस् सित्तैमा कफी खानुस् (भिडिओ सहित हर्नुहोस)

भिडिओ हेर्न तलको बक्स मा क्लिक गर्नुहोस!!!
चर्चामा आउने मेलो पनि किसिम किसिमका हुन्छन् । अस्ट्रेलियामा रहेको एक क्याफेले चर्चामा आउन यस्तै अनौठो हतकण्डा अपनाएको छ । उक्त क्याफेले यस्तो अफर गरेको छ कि अब त्यहाँ तन्नेरी तरुनीको भिड लाग्नेवाला छ ।

वास्तवमा यो क्याफे नवयौवनाहरुको डफ्फा आफुकहाँ झुम्मियोस् र व्यापार मालामाल होस् भन्ने चाहिरहेको छ । त्यसैले यसले सुरुवातमा वैशालु जोडीहरुका लागि पासा फ्याँकिदिएको छ । प्रेमिका लिएर उक्त क्याफेमा जानुस्, मज्जाले कफी खानुस् तर तपाइँलाई त्यो कफीको पैसा तिर्नुपर्दैन । त्यहाँका कर्मचारीका अगाडि आफ्नी प्रेमिकालाई जोडदार चुम्बन गरिदिए कफीको पैसा मिनाहा हुनेछ ।

सिड्नीमा रहेको मेट्रो सेन्ट जेम्स क्याफे नामक उक्त क्याफेको फेसबुक पेजमा भनिएको छ, यो जुन महिनाभरी तपाइँको पार्टनरलाई लिएर बिहान ९ देखि एघार बजेसम्म क्याफेमा आउनुहोस् र कफी अर्डरसँगै मज्जाको चुम्बनले पार्टनरलाई सरप्राइज दिनुहोस् ।

यस विषयमा एक भिडियो समेत यु टयुवमा अपलोड गरिएको छ जुन निकै चर्चित समेत भएको छ । भिडियोमा होटल मालिकले ग्राहक जोडीलाई सम्झाइरहेका छन् की उनीहरुको चुम्बनको क्याफेले अनुगमन गरिरहेको हुन्छ त्यसैले चुम्बन वास्तविक र दमदार हुनुपर्छ न कि झारा टारेजस्तो बनाबटी ।


भिडिओ हेर्न तलको बक्स मा क्लिक गर्नुहोस!!!

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID