Wednesday 15 May 2013

माओबादी समात्ने नया हत्यार केटी !

युवती भनेपछि सन्त महन्त तथा महापुरुष त गले भने जाबो राजनीति गर्ने मान्छे किन लुथ्रुक्क नपर्लान् । तरुण वयका तन्नेरी देखि उमेर पाकेका सम्मलाई पनि सहबासको इच्छा जागृत नहुने कुरै भएन । त्यसैले होला स्त्री अस्त्र मान्छे फसाउन तथा पंगु बनाउन निकै बलियो हतियार बन्ने गर्छ । केही समयपहिले तालिवान विद्रोहीले विदेशी सेनालाई नियन्त्रणमा लिनका लागि सुन्दरी हतियारको प्रयोग गर्ने गरेको घटना सार्वजनिक भएको थियो । अहिले यस्तै घटना भारतमा पनि सार्वजनिक भएको छ ।

भारतमा सुरक्षा निकायले माओवादी विद्रोहीका नेताहरुलाई कब्जामा लिनका लागि युवतीको प्रयोग गर्ने गरेको खबर छ । यो रणनीतिबाट केही माओवादीका चर्चित मान्छेहरुलाई समेत सुरक्षाकर्मीले कब्जामा लिन सफल भएका छन् ।

पछिल्लोपटक माओवादी विद्रोहीका चर्चित नेता योगेन्द्र गञ्झु लगायतका दुइ जना पक्राउ परेका छन् । आफ्ना केटीसाथीलाई भेट्न गएका बेला प्रहरीले ती दुइलाई पक्राउ गरेको बताइएको छ ।

माओवादी नेताहरुका गर्लफ्रेण्डको चालचलन, उठबस तथा सम्पर्क सम्बन्ध र दिनचर्याको गुप्त रुपमा अध्ययन गर्ने र सोही मुताविक जब माओवादी नेताहरु गर्लफ्रेण्डलाई भेट्न आउने चाँजोपाँजो मिलाएका हुन्छन् त्यहीँ बेला घेरा हाली समात्ने रणनीति प्रहरीले बनाएको छ । अहिलेसम्म समातिएका मध्ये धेरै माओवादी लडाकुहरुलाई उनीहरुका युवती साथीहरुकै माध्यमबाट समात्न सफल भइएको प्रहरीको दाबी छ ।

प्रहरीका अनुसार माओवादीहरुले पार्टीका बैठक, तालिम तथा कार्यकर्ता भेटघाटको कार्यक्रम त्याग्न सक्छन् तर केटीलाई भेट्ने कुरा त्याग्न सक्दैनन् । सोही कमजोरीको फाइदा उठाउन प्रहरी सफल भएको छ ।

No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID