Tuesday 28 May 2013

ट्वाइलेटको पाइपभित्र भेटियो जिउँदो बच्चा (फोटोफिचर र भिडियो सहित)

जन्मिँदा बित्तिकै ट्वाइलेटमा फ्याँकिएको एक नवजात शिशुलाई पाइप भित्रबाट जिवितै उद्दार गरिएको छ । अज्ञात महिलाले बच्चा जन्माएर ट्वाइलेटको कमोटमा फ्याँकेर फ्लस गरेपछि बच्चा दिशापिसाब जस्तै गरी पाइपमा छिरेको रहेछ । तर ठूलो आकारको भएकाले पाइपको जोर्नीमा त्यो बच्चा अडि्कयो र पानी सबै तल झरेकाले उसले सास फर्ेन सक्यो । बच्चा ट्वाइलेटको कमोटभन्दा केही तलमात्र रहेको चिनको सरकारी संचार माध्यमले जनाएको छ ।

चीनको झेजियाङ प्रान्तस्थित जिनहुवामा रहेको एक आवासीय घरमा शनिवार यो घटना भएको हो । उक्त घरकै बासिन्दाले ट्वाइलेट मुनि बच्चा रोएको सुनेपछि प्रहरीलाई खबर गरे । त्यसपछि उद्दार अधिकारीहरु त्यहाँ आए । कमोटभन्दा केही तल बच्चा थियो । ऊ ४ इन्च गोलाइको पाइपमा अडि्करहेको थियो र रोइरहेको थियो । उद्दारकर्मीले निकै होसियारी पर्ूवक त्यो पाइपलाई जडानबाट फुकालेर नजिकैको अस्पतालमा पूराए । अस्पतालमा पाइप चिरेर त्यसभित्र रहेको बच्चा निकालियो ।
उक्त बच्चाको नाम बेबी नम्बर ५९ राखिएको छ । यो दर्दनाक घटना र्सार्वजनिक भएपछि सामाजिक संजालमार्फ कडा टिप्पणी भैरहेका छन् । एकजनाले टि्वटरमा भनेका छन्, त्यसो गर्ने बाउआमाको हृदय त ढलको पाइप भन्दा पनि फोहोर रहेछ ।
त्यो बच्चाको अनुहार, आखा तथा सरीरभरी फोहोरले ढाकिएको थियो । बच्चाको अवस्था स्थीर रहेको र त्यो बच्चालाई पाएर फाल्ने आमाको खोजी भैरहेको बताइएको छ ।





No comments:

Post a Comment

Ads Inside Post

Comments system

Disqus Shortname

Flickr User ID